बाँके । बाँके प्रहरीले हराइरहेका ६ वर्षिय एक नाबालकको उद्धार गरेको छ । बिहीबार, माघ २०, २०७८ गते करिब ३:३० बजे दिउँस नेपालगन्ज उपमहानगरपालिका वडा नं- १५ टंकपसरी निवासी मुन्ना साहुका हराइरहेका ६ वर्षिय छोरा परिवर्तित नाम अर्जुण साहुको प्रहरीले उद्धार गरेको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटेको प्रहरी टोलीले नाबालक अर्जुणलाई नेपालगन्ज उपमहानगरपालिका वडा नंवर-१५ मा फेला पारी उद्धार गरेको थियो ।
आवश्यक प्रकृया पुरा गर्दै ईलाका प्रहरी कार्यालय जमुनाहले ६ वर्षिय अर्जुणलाई उनकै बुवा मुन्ना साहुको जिम्मा लगाएको छ ।
पछिल्लो समय बाल-बालिकाहरु हराउने, बेपत्ता हुने घटना बढेपछि बाँके प्रहरीले बालबालिकाहरुको खोजतलास र उद्धारमा सकारात्मक चासो देखाएको छ ।
माघ १८, २०७८ गते भारतको लखनउबाट दुई जना बालकको उद्धार, आइतबार, पुस २५, २०७८ गते सुर्खेतका १४ वर्षिय बालकको उद्धार, शनिबार, पुस १७, २०७८ गते सुर्खेतका ११ वर्षिय बालकको जमुनाहबाट उद्धार लगायतका कार्य बाँके प्रहरीले बालबालिकाहरुको खोजतलास र उद्धारमा देखाएको सकारात्मक उदाहरण हुन । प्रहरीले देखाएको सकृयाताले बालबालिकाहरुको हक,अधिकार र संरक्षण प्रती बाँके प्रहरी संबेदनशिल छ भन्ने दर्शाएको छ ।