दाङ । दाङको तुलसीपुर उपमहानगरपाकिा वडा नं. ५ ‘ङ’ लाईन स्थित एक घरमा भएको आगलागीबाट मृत्यु भएको पाँचै जनाको सनाखत/पहिचान भएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा दुई परिवारका पाँचजना रहेका छन् । एउटा परिवारका दुईजना र अर्को परिवारका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल सोही घरमा भाडामा बस्दै आएका ४० बर्षीय नगरदिन अलि, उनका १३ बर्षीया छोरी सुजिता खातुन अली र ५ बर्षीय छोरा अविददिन अलि रहेका छन् ।
दाङको तुलसीपुरमा जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु
त्यस्तै सुर्खेत घर भई हाल भाडामा बस्दै आएका १६ बर्षीय मसिन बकस र उनका भाई १४ बर्षीय हसन बकस रहेका छन् । बकस जुत्ता, चप्पल पसल सञ्चालकका छोराहरु हुन् । त्यो घर बैंकका पूर्व कर्मचारी बक्सबहादुर केसीको हो । तर, त्यो घरमा भाडामा लिएर बस्थे ।
तल्लो तलामा अगाडी चप्पल पसल र पछाडी गोदम थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
सोही घरमा शुक्रबार विहान २ बजेतिर आगलागी भएको हो । आगो कम भएपछि साढे ७ बजेतिर शव निकालिएको हो । मृतक मध्ये घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनालाई निकालिएको हो ।
पाँचै जना निसास्एिर मृत्यु भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।
आगो नियन्त्रणकालागि तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकल समेत प्रयोग भएको थियो । उक्त घटनापछि आफन्तमा भने रुवावास भएको छ । आज तुलसीपुर बन्द गरिएको छ भने बजार शोक मग्न बनेको छ ।