बर्दिया । नेपाल स्वयंसेवी रक्तदाता समाजको गुलरिया नगर समिति गठन भएको छ । शनिबार, माघ २९, २०७८ गते लोटस होटेलमा करिब १२ बजे आयोजित भेलाले गुलरिया नगर समिति गठन गरेको हो ।
यस अघि प्रेम लम्सालको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला कमिटी गठन भएको थियो । उक्त जिल्ला कमिटीले बर्दिया जिल्लाको ८ वटा पालिका स्तरिय नेपाल स्वयंसेवी रक्तदाता समाज नगर कमिटी गठन गर्न सफल भएको छ । यसै सन्दर्भमा आज गुलरिया पालिकामा नगर कमिटी गठन गर्ने कार्य सम्पन्न भएको छ ।
प्रत्यक पालिकामा गठित नगरसमितिहरुले वडा कमिटी गठन गर्ने लक्ष्य लिएका छन । बर्दियामा ८ वटा पालिका र ७५ वटा वडा रहेका छन । निर्मित सञ्जालले बर्दिया जिल्ला वासीहरुलाई आवश्यक पर्ने रगतको जोहो गर्न महत्वपूर्ण भुमिका खेल्ने कुरा नवनिर्मित गुलरिया नगर समितिका अध्यक्ष बामदेव ज्ञवालीले बताउनुभयो ।
मानविय संवेदना सित जोडिएका कार्यक्रमहरुलाई राज्यका संयन्त्रहरु, गैरसरकारी संस्थाहरु, जनप्रतिनिधिहरु, समाजका बौद्धिक व्यक्तित्वहरु र समाजका हरेक ब्यक्ति र तप्काहरुले सहयोग गर्न जरुरी रहेको आयोजित भेलाको निष्कर्ष छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि प्रताप कुमार गौतम, विशिष्ट अतिथि बर्दिया अस्पतालका निवर्तमान अध्यक्ष अंगद श्रेष्ठ, सल्लाहकार द्वय अर्जुन सुवेदी, बिपिन पौडेलको उपस्थितिमा कार्यक्रमको संचालन लक्ष्मण भण्डारीले गर्नुभएको थियो ।