लामो समय देखि बिबादमा देखिएका सर्वोच्च अदालतका नेतृत्वकर्ता चोलेन्द्रशमशेर राणा विरुद्ध अन्तत सत्ता गठबन्धनबाटै दर्ता हुन आएको महाभियोग प्रस्ताव संगै नयाँ मोडमा नेपाली राजनीति तरंगित हुन पुगेको छ ।
न्यायालयमा बिकृति मौलाएको, बिचौलियासंग साठगाठ गरेको, सत्ताका लागि बार्गेनिग गरेको, सेटिंगमा बेन्च तोक्ने गरेको लगायतका आरोपका साथ स्वयम् न्यायालयका सहकर्मी र बार पधाधिकारीको लामो बिरोध र आन्दोलनका बाबजुत मुख्य राजनैतिक दल र तिनका शिर्ष नेताबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर विरुद्ध प्रष्ट अभिव्यक्ति नआएको अवस्था थियो । न्यायालयका समस्या न्यायालय बाटै निकास होस भन्ने प्रमुख दलका शिर्ष नेताहरुले पटक पटक अभिव्यक्ति दिएर न्यायालयको बिबादमा पर्न नचाहेका सत्ता गठबन्धन अन्तत प्रमुख प्रतिपक्ष दल एमाले र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बीच गोप्य बार्ता र साठगाठ भएको भनि आएको समाचारसंगै महाभियोग प्रस्ताव दर्ता गर्ने सम्म घटनाक्रम पुगेको छ ।
त्यसोत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सत्ता गठबन्धन बिचको सम्बन्ध केहि समय यता सहज हुन नसकेको जगजाहेरै छ । पटक पटक सत्ता गठबन्धनका शिर्ष नेताबाट स्वैच्छिक राजिनामा दिएर मार्ग खुलाउन गरेको आग्रहलाई प्रधान न्यायाधिस चोलेन्द्रशमशेर राणाले अटेर गरि बसेको सन्दर्भमा आइतवार दर्ता भएको उनी बिरुद्धको महाभियोग प्रस्तावसंगै निलम्बनमा परेका छन ।
तथापि ऊनी विरुद्धको यो महाभियोग प्रस्ताव संबैधानिक ब्यबस्था अनुसार अनुमोदन गरि पदच्युत हुन बाकि नै रहेको भएता पनि हाल देखिएको राज्यका मुख्य अंग बिचको शक्ति संघर्ष एवं आ-आफ्ना स्वार्थ प्रेरित दलीय स्वार्थले बृहत राष्ट्रिय स्वार्थ र सम्वृद्धिको आम चाहानालाई ओझेलमा पारेको मात्र नभई एक्काइसौ शताब्दीको सुनौला नेपालको चाहनाका साथ संघीय गणतन्त्रात्मक शासनको स्थापनाका लागि हाँसीहाँसी बलिदानी गर्ने तमाम ज्ञात अज्ञात शहिद प्रतिको बेमानी समेत हुन गएको छ ।
साथै पछिल्लो समयमा देखिएको राजनैतिक घटना क्रमले लामो समय देखि पेचिलो रुपमा राष्ट्रिय मुद्धाको रुपमा स्थान पाएको एमसीसीको मुद्दा, आगामी बैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको भबिष्य मात्र अन्योलमा नपरि सत्ता गठबन्धनको आगामी भविष्य के हुने भन्नेमा समेत शंका देखिएको छ ।
अत तत्काल सृजित यी सबै राष्ट्रिय मुद्दालाई गम्भीर रुपले समाधान गरि तिनै तहको निर्वाचनको वातावरणलाई सहज बनाउनु आजका सबै जिम्मेवार राजनैतिक दलको मत्वपूर्ण जिम्मेवारी हुन आएको छ ।