दाङ । अपांगमैत्री संरचना बनाएर संविधानको पालना गर्न माग गरिएको छ । अपांगता भएका नागरिकहरुकाे सहज पहुचका लागि अपांग मैत्री संरचना निर्माणका लागि जाेड दिँदै माग गरिएको छ ।
नेपालकाे संविधानले राज्यका हरेक तहमा अपाङ्ग मैत्री संरचना निर्माणका साथै अपांगता भयकाहरुका लागि सहज पहुचकाे ब्यबस्था गर्ने भनेतापनी ब्यबहारिक रुपमा कार्यान्वयन हुन नसक्दा अपाङ्गता भयका ब्यक्तिहरु विभिन्न स्थानिय सरकारी तथा अन्य निकायहरु सम्मकाे पहुचबाट बन्चित हुनुपरेकाे छ ।
एक कार्यक्रममा बाेल्दै नेपाल अपांग महासघ गन्डकी प्रदेश अध्यक्ष हाेमराज शर्माले सराेकारवाला निकायहरुले अधिकारकाे क्षेत्रमा साझेदार गरेर अपाङगता भयकाकाे हितका लागि काम गर्न आवश्यक रहेकाे बताउनुभयो ।
"भाैतिक सरचना, सुचना , सेवा प्रबाहलाई अपाङ्ग मैत्रि बनाउन सकेमात्र त्याे मानव मैत्रि हुने भयकाले सबैकाे सबै तहमा, पहुच युक्ताताकाे लागि समस्याकाे पहिचान गरेर सरचना बनाउन जरुरि छ" - शर्माले भन्नुभयो ।
समाज भित्रकाे बिबिधतालाई ख्याल नगरेर सरचना बनाउदा देशकाे ब्यबस्था परिबर्तन भयपनि नागरिककाे अवस्था परिबर्तन हुन नसकेकाे उहाँको भनाइ छ । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसिले नगरपालिकाले अपांग मैत्रि सरचनामा जाेड दिने प्रतिबद्वता ब्यक्त गरे आफुले अपांग मैत्रि सरचना बनाउने भनेतापनि त्रुटिबस सबै सरचना अपांग मैत्रि हुननसकेकाे स्विकार गर्दे अबदेखि सबै अपांगता भयकाहरुकाे उपयुक्त पहुच पुग्ने हिसाबले नगरपालिकाले कार्य गर्ने आश्वासन दिनुभयो ।
राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुबेदिले अपांगता भयकाहरुकाे उपयुक्त पहुचका लागि गाउपालिकाले आगामी दिनमा साेहि बमाेजिमकाे स्ंरचना निर्माणमा ध्यान दिने बताउनुभयो ।
नेपाल अपाङ्ग महासघका लुम्बिनी प्रदेश काेषाध्यक्ष हेमनाथ ज्ञवालीकाे अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसिकाे प्रमुख आतित्यथा तथा राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुबेदिकाे विशिष्ट आतित्यथामा अपांगता सम्बन्धी तालिमकाे उद्घाटन गरिएको छ ।
नेपाल अपाङ्ग महासघ लुम्बिनी प्रदेशका सहसचिब अजय शर्माकाे स्वागतबाट शुरु भयकाे कार्यक्रमकाे सहजीकरण नेपाल अपाङ्ग महासघ लुम्बिनी प्रदेशकाे कार्यक्रम अधिकृत गाेमा पन्थीले गर्नुभएको थियो । ३ दिन सम्म चल्ने तालिममा लुम्बिनी प्रदेशका विभिन्न २० जनाकाे सहभागिता रहेकाे छ ।