बाँके । बाँके प्रहरीले रेडपाण्डाको छाला र लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २ वटा रेडपाण्डाको छालासहित ४ जना र ३ किलो लागुऔषध चरेस सहित २ जना पक्राउ परेका छन ।
आइतबार, चैत ६, २०७८ गते करिब ११ बजे दिउँस बाँके प्रहरीले अन्जना होटल एण्ड लजमा छापा मार्यो । नेपालगंज उप-महानगरपालिका वडा नं.१२ कोरियनपुरमा रहेको उक्त होटलको कोठा नं.१०५ मा प्रहरीले छापा मार्यो । उक्त कोठामा रहेको खाट मुनी प्लाष्टिक वोरा भित्र दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ थाना छाला फेला पर्यो ।
तस्विर - जिल्ला प्रहरी कार्यालय बाँके
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोही कोठामा रहेका जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं.३ का हर्क बहादुर वि.क, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं.३ का विकेश वोहरा, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं.३ का रामकृष्ण शाही र जिल्ला डोल्पा ठुलोभेरी नगरपालिका वडा नंवर नं.१ का सुकराम वि.क.लाई पक्राउ गर्न सफल भयो ।
दुर्लभ वन्यजन्तु (रेडपाण्डाको छाला) को खरिद विक्री भईरहेको भन्ने सूचनाको आधारमा बाँके प्रहरीले उक्त होटलमा छापा मारेको प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।
- रेडपाण्डाको छालासहित पक्राउ ब्यक्तिको विवरण :-
उमेर : २३ वर्ष
ठेगाना : जिल्ला डोल्पा त्रिपुरासुन्दरी न.पा. वडा नं.३
- नामथर : हर्क बहादुर वि.क.
उमेर : ३६वर्ष
ठेगाना : जिल्ला डोल्पा त्रिपुरा सन्दरी न.पा.वडा नं. ३
उमेर : २२ वर्ष
ठेगाना : जिल्ला डोल्पा त्रिपुरासुन्दरी न.पा.वडा नं. ३
उमेर : २५ वर्ष
ठेगाना : जिल्ला डोल्पा ठुलोभेरी न.पा.वडा नं.१
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको ५ लाख देखी १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने ।
त्यस्तै आइतबार, चैत ६, २०७८ गते करिब १२ बजे दिउँस लागु औषध चरेस खरिद विक्री भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्जको पुष्पलालचोक नजिक रहेको दंगाली स्यांङजाली होटलमा छापा मारेको थियो ।
तस्विर - जिल्ला प्रहरी कार्यालय बाँके
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार उक्त होटलको कोठा नं.७ बाट प्रहरीले ३ (तिन) किलो चरेश सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कालिकोट खाँडाचक्र नगरपालिका वडा नं.९ का प्रविन विष्ट र खाँडाचक्र नगरपालिका वडा नं.७ का राज बहादुर कार्की रहेका छन ।
- पक्राउ ब्यक्तिको विवरण :-
- नामथर : प्रविन विष्ट
उमेर : २५ वर्ष
ठेगाना : जिल्ला कालिकोट खाँडाचक्र न.पा.वडा नं.९
- नामथर : राज बहादुर कार्की
उमेर : २३ वर्ष
ठेगाना : जिल्ला कालिकोट खाँडाचक्र न.पा.वडा नं.७
लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ (घ) ४ बमोजिम १ वर्ष देखी ३ वर्ष सम्म कैद र ५,०००।- देखी २५,०००।- सम्म जरिवाना ।