टाउको तथा मस्तिष्कको चोटबाट बच्न हामीले अपनाउनुपर्ने उपायहरु - न्युरो सर्जन डा. निकुञ्ज योगी
मस्तिष्क मानवको मुख्य र जटिल अंग हो जुन स्नायु प्रणालीको हिस्सा हो । संसारभर टाउको तथा मस्तिष्क चोटका बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको छ । टाउकोको चोटपटक एवं यसबाट जनजीवनमा हुनजाने जोखिम तथा यसबाट बच्नको लागि हामी सबैले अपनाउनुपर्ने सजकताको बारेमा न्युरो सर्जन डा. निकुञ्ज योगीसंग गरिएको कुराकानिको संपादित अंश...
न्युरो सर्जन डा. निकुञ्ज योगी
संसारभरी हरेक वर्ष एक लाख मध्य २०० जना ब्यक्ती कुनै न कुनै समय टाउकोको चोटबाट ग्रषित हुने गर्दछन भने एक लाखमा २० जनाको मृत्युपनी हुने गर्छ ।
टाउकोको चोटको मुख्य कारण यस्ता छन
- सडक दुर्घटना (मोटर भेइकल एक्सिडेन्ट)
- उचाइबाट लडेर हुने चोटपटक (फल इन्जरी)
- झगडा-कुटपिटबाट हुने चोटपटक(एसल्ट)
अन्य कारणहरु यस्ता छन
- कार्यक्षेत्र (वोर्क प्लेस)मा हुने चोटपटक
- खेलकुदमा हुने चोटपटक (स्पोर्टस रिलेटेड इन्जरी)
टाउकोको चोटले मस्तिष्कमा नराम्रो असार पार्न सक्दछ । यसले गर्दा मानिसको स्वास्थ्य एवं दैनिक जीवनमा दिर्घकालिन प्रतिकुल असरहरु पर्न सक्दछ । टाउकोको चोटले स्मरण शक्ती कम हुने देखी लिएर समयमा उपचार नपाए ज्यानै गुम्नसक्ने अवस्था आउन सक्छ ।
दुर्घटना एवं भवितव्यका घटना मानिसको वसमा नहुने गरेतापनी मस्तिष्क चोटलाई रोक्न वा यसको जटिलतालाई कम गर्न सम्भव छ । यसकालागी हामीले केही साबधानी अपनाउनुपर्ने हुन्छ ।
१ - सवारीसाधन चलाउँदा सिट बेल्ट वा हेल्मेटको अनिवार्य प्रयोग गर्ने ।
२ - सवारीसाधन चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने ।
३ - लागुपदार्थ तथा मादक पदार्थको सेवान गरेर सवारीसाधन नचलाउने ।
४ - ट्राफिक नियमको पूर्ण पालना गर्ने ।
५ - काम गर्ने ठाउँमा सुरक्षाको पुरा ख्याल राख्ने (वोर्क प्लेस सेफ्टी)
जस्तै - कन्स्ट्रक्सन साइटमा सेफ्टी हेलमेटको प्रयोग गर्ने ।
- भर्याङ्ग चढ्दा र झर्दा साइड रेलको प्रयोग गर्ने ।
- हिँड्ने बाटोमा अबरोध गर्ने सामानहरु नराख्ने, खाल्दा तथा प्वालहरु हटाउने, चिप्लो हुन नदिने आदी ।
६ - नेपालको परिवेशमा उचाईबाट लडेर टाउकामा चोटपटक लाग्ने घटनाको अनुपात धेरै भएकाले गाउँघरमा उचाईमा जानुपर्ने भएमा साबधानी अपनाउने ।
टाउकोमा चोटपटक लागिहालेमा वा दुर्घटना भएमा नजिकैको स्वास्थ्य संस्थामा संपर्क गर्ने र जरुरी भएमा तुरुन्तै टाउकोको उपचार हुने अस्पतालमा जानुपर्दछ ।
याद राखौँ - साबधानी अपनाउँदा एवं ट्राफिक नियमहरुको पूर्ण रुपमा पालना गरी मस्तिस्कको चोट एवं असरबाट पर्नसक्ने दिर्घकालिन असरबाट बाँच्न सकिन्छ ।