बर्दिया । बर्दियाको गुलरियामा कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य परियोजनाबारे जिल्लाका सरोकारवाला निकायहरूसँग अभिमुखीकरण कार्यक्रम गरीएको छ ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश शाखाको समन्वयमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।
अभिमुखीकरण कार्यक्रममा गुलरिया नगरपालिकाका १२ वडा र राजापुर नगरपालिकाका १० वटा वडाहरुमा नेपाल रेडक्रस सोसाईटी बर्दिया जिल्ला शाखाले कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य परियोजना सञ्चालन गरेको परियोजनाका फोकल पर्सन विवश कुँवरले जानकारी दिनु भयो ।
त्यसैगरी स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जिल्लमा कोभिड १९ को वर्तमान अवस्थासँगै कोरोना परीक्षणका लागी आवश्यक कीट तथा खोप जिल्लामा पर्याप्त मात्रामा उपलब्ध रहेको बताउनुभयो ।
उहाँले कोभिड १९ विरुद्धको खोप शतप्रतिशत मात्रामा लगाउन छुटेका नागरिकलाई खोपको सहज पहुँचका लागी स्थानिय जनप्रतिनिधी, महिला स्वास्थ्य स्वंयसेविका तथा सरोकारवाला निकायले पहल गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले हरेक नागरिकलाई खोपको आवश्यकता रहको बताउनुभयो । उहाँले नेपाल सरकारको महँगो पर्ने खोपलाई सही सदुपयोग गर्न निर्देशन दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी बर्दिया शाखाका सभापति कृष्ण प्रसाद गौतमको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गुलरिया र राजापुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।