काठमाडौँ । महानगरीय अपराध महाशाखाले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा अनुप मिश्र, दिपेश थापा, राहुल चचानलाई मिति २०७९।०१।०४ र ०५ गते गरी काठमाडौँको महाबौद्ध, न्युरोड र कलंकीबाट पक्राउ गरिएको महाशाखाले जानकरी दिएको छ ।
महाशाखाबाट खटिएको विशेष टोलीले नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरु बिटक्वाइन (BTC), USDT, Solana, Ethereum लगातयका बिभिन्न करेन्सीहरुको अबैध कारोबारमा सक्रिय रहेका उनिहरुलाई क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरिएको अपराध महासाखाले जनाएको छ ।
अपराध महाशाखाले अनुसन्धान गर्दा हालसम्म उनीहरूले छैसठ्ठी करोड उन्नासी लाख उन्नासी हजार नौ सय त्रियासी रुपैयाँ (रु. ६६,७९,७९,९८३ ।-) बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ ।
उनिहरुलाई बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँ पठाइएको महानगरीय अपराध महाशाखाले बताएको छ ।
महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानबाट खुलेका बिवरण:
१. पक्राउ परेका व्यक्तिहरू मध्ये अनुप मिश्रले सन् २०२१ मे देखि हालसम्म BINANCE Account प्रयोग गरि USDT, ETH, SHIB, ADA, VET, ALPHA लगायतका २० वटा क्रिप्टो करेन्सीहरु जम्मा नेपाली रुपैयाँ रू.३५,४६,८३,६११.४४ ।– (पैतिस करोड छयालिस लाख त्रीयासी हजार छ सय एघार रुपैयाँ चौवालिस पैसा) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 12,832.13 (अमेरिकी डलर बाह्र हजार आठ सय बत्तिस दशमलव तेह्र) बराबरको 0.31736919 बिट क्वाईन मौज्दात रहेको देखिएको ।
२. अर्का पक्राउ परेका व्यक्ति दिपेश थापाले सन् २०२१ मे देखि हालसम्म २ वटा BINANCE Account मार्फत् BTT, USDT, DOGE लगायतका ७ वटा क्रिप्टो करेन्सीहरु मार्फत् जम्मा नेपाली रु. २४,७९,५६,९१८।– ( रु. चौबिस करोड उनानसी लाख छपन्न हजार नौ सय अठार।-) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 1399.80 (अमेरिकी डलर एक सय पैतालिस दशमलव चालिस) बराबरको 0.03601392 बिट क्वाईन मौज्दात रहेको देखिएको ।
३. पक्राउ परेका राहुल चचानले करिब १ बर्ष अघि देखि हालसम्म USDT, SHIB, LDSHIB2, ETH, ATA, XEC लगायतका २० वटा क्रिप्टो करेन्सीहरु जम्मा नेपाली रु. ६,५३,३९,४३९.३२।– (रु. छ करोड त्रिपन्न लाख उनान्चालिस हजार चारसय उनान्चालिस रुपैया बत्तिस पैसा मात्र ।-) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 651 (अमेरिकी डलर छ सय एकाउन्न मात्र) बराबरको बिट क्वाईन मौज्दात रहेको देखिएको ।
४. निजहरुले दैनिक पाँच हजार देखि ५० हजार सम्म USDT को कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु 1x Bet, Hyper fund लगातयका अनलाईन प्लेफर्महरुमा इन्भेष्ट हुने गरेको । साथै व्यापरिक प्रयोजनका सामाग्रीहरु बिदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत् क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेको ।
५. अबैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरुले आफ्नो पहिचान गोप्य राखी अन्य सयौ जना व्यक्तिहरु प्रयोग गरि तिनका नाममा बैंक खाता र BINANCE Account खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो ट्रेड गर्न प्रोत्साहित गर्दै प्रयोग गरेको देखिएको ।
पक्राउ परेको व्यक्तिहरु :-
१.नाम : अनुप मिश्र
उमेर : २२ बर्ष
ठेगाना : जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. १
हाल : का.जि. का.म.न.पा. १६, सोह्रखुट्टे
२.नाम : दिपेश थापा
उमेर : २४ बर्ष
ठेगाना : जिल्ला काभ्रेपलाञ्चोक पनौति न.पा. वडा नं. ०१
हाल: का.जि. का.म.न.पा. १७, क्षेत्रपाटी
३. नाम : राहुल चचान
उमेर : २७ बर्ष
ठेगाना : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१३ बाफल
२०७९/०१/०५ गते ।