बर्दिया । आसन्न स्थानीय निर्वाचनका लागि बाँसगढी नगरपालिका भित्रका तीन ठूला दलहरूले र्याली सहित उम्मेदवारी दर्ता गराएका छन ।
हिँजो तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यका लागि हर्ष उल्लासका साथ र्याली सहित बाँसगढी बजार परिक्रमागरी निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
बाँसगढी नगरपालिकामा नेकपा एमालेले मेयर पदमा खडक बहादुर खड्का र उपमेयरमा इन्द्रिरा चौधरीको उम्मेदवारी दर्ता गराएको छ ।
त्यसैगरी वाड नं १ को वडाअध्यक्षमा नैन बहादुर विसि, वाड नं २ मा अर्जुन खड्का, वाड नं ३ मा देव बहादुर भण्डारी, वाड नं ४ मा कृष्ण बास्तोला (धावक), वाड नं ५मा हरि पौडेल, वाड नं ६ मा जयराम थारु वाड नं ७ मा अट्वारी थारु, वाड नं ८ मा तुलप्रसाद गौमत र वाड नं ९ मा केशर बाठाको उम्मेदवारी दर्ता गराएको नेकपा एमालेका नगर इन्चार्ज नैन बहादुर खत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसले मेयर पदमा सविन कुमार थापा र उपमेयरमा सोमती चौधरी (आकाश) को उम्मेदवारी दर्ता गराएको छ ।
त्यस्तै १ नम्बर वडा अध्यक्षमा टेक बहादुर खत्री, वाड नं २ मा मिन बहादुर मल्ल, वाड नं ३ मा जसबहादुर थापा, वाड नं ४ मा शालिकराम थारु, वाड नं ५ मा दहुवा थारु, वाड नं ६ मा इन्द्रजित बुढाक्षेत्री, वाड नं ७ मा बलिराम चौधरी, वाड न ८ मा कलिराम थारु र वाड न ९ मा चन्द्र बहादुर शाहीलाई उम्मेदवारी दर्ता गराएको छ ।
त्यसैगरी नेकपा माओवादी र एकीकृत समाजवादी गठबन्धनको तर्फबाट मेयर पदमा भुवन कुमार चौधरी र उपमेयर पदमा भुमि विटालुको नाम उम्मेदवारीमा दर्ता गराएको छ, भने वाड न १ को वडाअध्यक्ष पदमा जयराज पाण्डे, वाड नं २ मा गोविन्द्र हमाल, वाड नं ३ रामचन्द्र थारु, वाड नं ४ मा नरेन्द्र पराजुली, वाड नं ५ मा रेशम अधिकारी, वाड नं ६ मा लाल बहादुर क्षेत्री, वाड नं ७ मा प्रदिप कुमार थारु, ८ मा प्रेम खड्का र वाड नम्बर ९ मा दान बहादुर विकको उम्मेदवारी दर्ता गराएको छ ।
वडा ६ र ८ को वडा अध्यक्ष पदमा एकीकृत समाजवादीले पाएको नेकपा माओवादी केन्द्रका बाँसगढी नगर उपाध्यक्ष भिम केसीले जानकारी दिनु भयो ।