बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकाले पहिलो ३ चौमासिकमा सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा अब देखी ४ त्रैमासिकमा समाजिक सुरक्षा भत्ता दिने भएको छ ।
बाँसगढी नगरपालिकाका ९ वटा वडामा ७० वर्ष उम्मेरका २ हजार ३ सय ४५ जना ज्येष्ठ नागरिकहरूलाई पहिलो सामाजिक सुरक्षा भत्ताका लागि २ करोड ७६ लाख ५४ हजार ७ सय ६२ रुपैयाँ नगरपालिकाबाट निकासा भएको बाँसगढी नगरपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले बताउनु भयो ।
त्यसैगरी ६० वर्ष उम्मेरका ३ सय ६५ जना दलित ज्येष्ठ नागरिकका लागि २ करोड ५ लाख ६२ हजार ३९ रुपैयाँ निकासा गरिएको छ ।
त्यस्तै ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिक एकल महिला ५ सय १४ जनाको लागि ४ करोड ५१ लाख १ सय ८० रुपैयाँ निकासा भएको छ ।
त्यस्तै नगरपालिकामा ४ सय ७६ जना विधवा भएकाहरूको लागि ६ लाख ६७ हजार ८ सय ६२ रुपैयाँ पहिलो किस्ता निकासा भएको बाँसगढी नगरपालिकाले जनाएको छ ।
त्यसैगरी रातो अथवा क वर्गका १ सय ६५ जना र हरियो अथवा ख वर्गका ३ सय ७६ जनाले बाँसगढी नगरभित्र कार्ड पाएका छन् । क वर्गका लागि नगरपालिकाबाट १ करोड ९३ लाख ३ हजार ४ सय ७७ रुपौय निकासा भएको छ भने ख वर्गका लागि २ करोड ३३ लाख ९ हजार ९ सय ७५ रुपैयाँ निकासा भएको छ ।
त्यसैगरी लोपउन्मुख जाति र दलित बालबालिकाहरूको लागि १४ लाख ३ हजार ६ सय ४० रुपैयाँ नगरबाट निकासा भएको छ ।
यसरी बाँसगढी नगरपालिकामा जम्मा ५ हजार ४ सय ४० जनाले सामाजिक सुरक्षा भत्ता बापत ४ करोड ८३ लाख २७ हजार ९ सय १२ रुपैयाँ प्रथम किस्तामा पाएका छन् ।
त्यस्तै दोस्रो त्रैमासिकमा जम्मा ५ हजार ४ सय ९४ जनालाई समाजिक सुरक्षा भत्ताका लागि ४ करोड ८९ लाख ३४ हजार २ सय ५७ रुपैयाँ नगरबाट निकासा भएको छ भने तेश्रो त्रैमासिकमा ५ हजार ५ सय ७७ जनाको लागि यही बैशाखमा ४ करोड ९७ लाख ७७ हजार २ सय ९४ रुपैयाँ नगरबाट निकासा भएको नगरपालिकाका सूचना अधिकारी पौडेलले जानकारी दिनु भयो ।