बर्दिया । नेपाली कांग्रेस बर्दियाका युवा नेता तथा समाजसेवी विनय रावलले बर्दियाका विभिन्न समस्यामा रहेका ब्यक्तिहरुलाई आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँले ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बस्ने दिल बहादुर थारु र उहाँकी श्रीमती सबिता थारुलाई रु १० हजार आर्थिक सहयोग गर्नुभएको हो । थारु दम्पती शारीरिक रुपमा अशक्त हुनुहुन्छ ।
त्यस्तै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका रावलले ठाकुरबाबा वडा नम्बर -१ बस्ने अस्तुरिया थारुलाई रु ८ हजार सहयोग गर्नुभएको छ । थारुको दुबै मिर्गौला फेल भएको बताइएको छ ।
त्यस्तै रावलले हाइड्रोसिलबाट पिडितलाई रु १० हजार सहयोग गर्नुभएको छ । उहाँले मधुवन नगरपालिका वडा नम्बर ६ मा रहेको अरनिको स्कुलका १० जना जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने बताउनुभएको छ ।
त्यस्तै रावलले ठाकुरबाबा नगरपालिका वडा नं.१ सिमरहवा फाँटा बस्ने ७२ वर्षीया खरभुजनि थारूलाई स्वास्थ्य उपचारका लागि रू दश हजार गर्नुभएको छ ।
त्यस्तै उहाँले ८४ वर्षीया साेमलि थारूकाे खुट्टा भाच्चिएकाे हुँदा उपचारका लागि ५ हजार ओैषधि उपचारका लागि सहयाेग प्रदान गर्नुभएको छ ।
त्यस्तै उहाँले ठाकुरबाबा नगरपालिका वडा नं.१ बस्ने प्यारालाईसिस राेगबाट पिडित ८५ वर्षीय जगतराम थारूलाई उपचार खर्च स्वरुप रु ५ हजार सहयाेग प्रदान गर्नुभएको छ ।
समाज कल्याणमा जीवन समर्पण गर्ने, बर्दियालीलाई परेको समस्या र दुखमा कटिबद्ध भएर सहयोग गर्ने रावलको प्रतिबद्धता रहेको उहाँको सचिवालयले जनाएको छ ।