बैशाख । बर्दियामा स्थानीय तहको निर्वाचनका लागि शान्ति सुरक्षाका सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भएको छ ।
बर्दिया जिल्लामा करिव २७ सय जना सुरक्षाकर्मी परिचालन गरिएको बास्तोलाले बताउनु भयो ।
मतदान स्थलको सुरक्षा नेपाल प्रहरीले गर्नेछ, त्यसपछिको घेरामा सशस्त्र प्रहरी र मोबाइल टिम रहने, अन्तिम घेरामा नेपाली सेना र मोबाइल टिम रहने ब्यवस्था गरिएको प्रजिअ बास्तोलाले जानकारी दिनुभयो ।
उहाँले सुरक्षा जनशक्ती अपुग भएपछि बाहिरबाट २ सयको सङ्ख्यामा नेपाल प्रहरी र ३ सय जना नेपाली सेना आएको बताउनु भयो ।
त्यसैगरी मतदान स्थलमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी र बच्चा सहित भएका महिलाहरूलाई लाइनमा बस्न नपर्ने ब्यवस्था मिलाइएको छ ।
तस्वीर : बर्दियास्थित नेपाल भारत सीमामा रहेको सीमास्तम्भ
भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गरेर बर्दियाको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।
उहाँले मतदान गर्ने दिन तरकारी, दुध बोकेको सवारीसाधन, एम्बुलेन्स, दमकल, अस्पतालका सवारीसाधन तथा प्रेस लगायतका अत्यावश्यक सवारीसाधनलाई पास सहितको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उम्मेदवारहरू, मेयर, उपमेयर त्यसैगरी अध्यक्ष र उपाध्यक्षलाई चार पाङ्ग्रे सम्मको एउटा सवारीसाधन चल्न दिने गरी पासको ब्यवस्था गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै वडा अध्यक्ष सदस्यहरूका उम्मेदवारलाई आआफ्नो वडामा मात्रै मोटरसाइकल चलाउन दिने गरी पासको ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो ।
मतदानमा खटिएका कर्मचारी र सुरक्षा निकायका सवारीसाधन मात्रै उक्त दिनमा चल्न पाउने गरि सुरक्षाका अन्य बन्दोबस्त मिलाइएको उहाँले बताउनु भयो ।