मतदान गर्दै अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै ।
मतदान गर्दै पूर्वअध्यक्ष रेग्मी
स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्न शुक्रबार काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रमा पुग्नुभएका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी ।
मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया
भक्तपुरको मध्यपुर थिमि नगरपालिका –१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।
मतदान गर्दै मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै ।
मतदान गर्दै नेपाली कांग्रेसका नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
मतदान गर्दै मन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
मतदान गर्दै भरतपुर महानगरको प्रमुख पदका उम्मेदवार रेनु दाहाल
भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल ।
मतदान गर्दै एमाले नेता पौडेल
नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रबार बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै ।
मतदान गर्दै नेपाली कांग्रेसका महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्दै ।
मतदान गर्दै एमाले उपाध्यक्ष पाण्डे
राप्ती नगरपालिका –५, भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गर्दै नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे ।