काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप, खाद्यान्न पसल खोल्न पाइने
काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गर्नुभएको छ ।
। वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।
शैक्षिक संस्था, सार्वजनिक निजी सवारी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ ।
घरमै वा बसेको स्थानमा ७ जनासम्म जम्मा भई विवाह ब्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरि कृषिको काम गर्न भने छुट दिइएको छ । अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् ।
वाणिज्य बैंकहरुले भने प्रधान कार्यालयबाहेक काठमाडौंमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् । संचारकर्मीलाई सूचना विभागको पास वा जिल्ला प्रशासनबाट जारी गरिएको पासका आधारमा आवतजावत गर्न दिइने आदेशमा उल्लेख गरिएको छ ।
औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ सम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश



