बाँके । बिक्की भनिने अतीत खान विरुद्ध पंकज श्रीवास्तवको श्रीमती सुशीला पौडेलले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिनुभएको छ ।
उहाँले बिक्कीले पटक पटक धम्काएको भनेर जाहेरीमा उल्लेख गर्नुभएको छ । उहाँले जाहेरीमा बिक्कीले अपराधिक लाभ "एक्टोर्सन" सम्बन्धि कार्य गर्दै आएको उल्लेख गर्नुभएको छ ।
पंकज श्रीवास्तवले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो श्रीमतीले जाहेरी दिएको तर प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको आरोप लगाउनुभयो ।
उहाँले प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफ्नो जाहेरी प्रहरीकोमा थन्किएको ६-७ दिन भएको बताउनुभयो ।
उहाँले एउटा नेपाली नागरिकले जाहेरी दिँदा समेत प्रहरीले जाहेरी दर्ता नगर्नुआफैमा रहस्यमयी भएको दाबी गर्नुभयो ।
नेपालकागजसँगको सम्पर्कमा आउनुभएका श्रीवास्तवले जाहेरी दर्ता गर्नपाउनु आफ्नो कानुनी नैसर्गिक अधिकार भएतापनी प्रहरीले जाहेरी दर्ता नै नगर्नु अर्थपूर्ण रहेको बताउनुभयो ।
उहाँले जाहेरी दर्ता गरेर अनुसन्धान गरेमा सम्पुर्ण कुराहरु बाहिर आउने दाबी गर्नुभयो ।
यस विषयमा हामीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेसँग जाहेरी दर्ता नहुनुको कारण बारे जिज्ञासा राख्दा डिएसपी न्यौपानेले जाहेरी आएको र प्रहरीले जाहेरीको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
त्यस्तै प्रतिक्रियाको लागि बिक्कीको सम्पर्क नम्बरमा फोन सम्पर्क गर्दा उहाँको नम्बर स्विच अफ रहेको छ ।
यो पनि अपहरण आरोप लागेका पंकजले भने, 'म नेपाली नागरिक हुँ, गुलरिया मेरो घर हो, मलाई फसाइयो'