बर्दिया । मधुवन नगरपालिकाको ओराली बजारमा वन्यजन्तुबाट सुरक्षाको प्रत्याभूति माग गर्दै आन्दोलन गरिरहेका वन्यजन्तु पीडित र सडक खुलाउन गएका सुरक्षाकर्मी बिच भइरहेको झडपको समाचार संकलनार्थ गएका पत्रकारमाथी भएको दुर्व्यवहार घटना प्रति नेपाल पत्रकार महासंघ बर्दियाको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकार महासंघ बर्दियाले बिज्ञप्ति जारी गर्दै घटनास्थलको प्रत्यक्ष समाचार संकलन गर्नुभएका पत्रकार भिम नेपाललाई प्रहरीबाट गरिएको दुर्व्यवहार प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
बिज्ञप्तिमा भनिएको छ, "समाचार संकलनमा रहेका पत्रकारलाई नियन्त्रणमा लिइ अनावश्यक सोधपुछ, मानसिक पीडा दिएको घटना घोर आपत्तिजनक छ । सुचनाको सम्वाहक पत्रकार प्रति प्रहरीबाट गरिएको उक्त निन्दनीय कार्यको भत्सर्ना गर्दै दोषीलाई यथाशिघ्र कारबाहीको माग गर्दछु । ओराली घटनाको विषय र समाचारलाई जोडेर पत्रकार जगतलाई धम्की, डरत्रास लगायत मानसिक यातना नदिन प्रहरी तथा आन्दोलनरत दुबै पक्षसँग अनुरोध गर्दछु ।"
महासंघका अध्यक्ष यादव प्रसाद आचार्यको हस्ताक्षर रहेको उक्त बिज्ञप्तिमार्फत ओराली घटनाको छानबिन गरि दोषीलाई हदैसम्मको कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचारको व्यवस्था गर्दै वन्यजन्तुबाट स्थानीय समुदायलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै ओरालीको अवस्था सामान्य बनाउन सरकारसँग महासंघले जोडदार माग गरेको छ ।
महासंघ बर्दियाले ओराली घटनामा ज्यान गुमाउनु हुने नवीना चौधरी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको सिघ्र स्वास्थलाभको कामना गरेको छ ।
नेपाल पत्रकार महासंघ बर्दियाले मधुवनमा भएको घटना प्रति गहिरो दुख र चिन्ता व्यक्त गरेको छ ।
महासंघ बर्दियाले ओराली घटनाको संवेदनशीलतालाई हृदयंगम गर्दै सत्यतथ्य समाचार बाहिर ल्याउन अहम भुमिका निर्वाह गर्ने सम्पुर्ण पत्रकारहरूलाई धन्यवाद समेत दिएको छ । बर्दियाको मधुवन गोली काण्ड : नविनाको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन बर्दियाको मधुवनमा किन र कसरी चल्यो गोली ? बर्दियामा खाता समन्वय समितिको कार्यालय तोडफोड, गोली चलाउने र आदेश दिनेलाई कारबाहीको माग