बर्दिया । जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेसका उम्मेदवारहरु र्निविरोध निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समिति बर्दियाको कुनै पदमा, कुनै पनि पार्टीका तर्फबाट उम्मेवारी नपरेको कारण स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम प्रमुख, उपप्रमुख तथा सदस्य पदहरुमा कांग्रेसका उम्मेदवारहरु र्निविरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत (जिल्ला न्यायाधिश) लोकजंग शाहाले बताउनु भयो ।
जसअनुसार जिल्ला समन्वय समिति बर्दियाको प्रमुख पदमा सूर्य बहादुर विष्ट र उप प्रमुख पदमा अमिता कुमारी यादव निर्वाचित हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा तिर्थ प्रसाद जैसी, विनय राजभण्डारी, पुरै लाल थारु निर्वाचित हुनु भएको छ ।
त्यस्तै महिला सदस्य तर्फ खगिसरा कामी, छविभाट क्षेत्री र बिमला थारु निर्वाचित हुनु भएको छ भने दलित वा अल्पसंख्यक सदस्यमा सुनिता नेपाली र्निविरोध हुनु भएको छ ।
निर्वाचित हुने सबैलाई आजै शपथ ग्रहण गराइएको छ ।
जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित हुनुभएका सूर्य बहादुर बिष्टलाई मुख्य निर्वाचन अधिकृतले सपथ ग्रहण गराउनुभएको छ ।
त्यस्तै उप प्रमुख लगायत सबै सदस्यहरुलाई नवनिर्वाचित जिल्ला समन्वय समिति बर्दियाका प्रमुखले सपथ ग्रहण गराउनु भएको छ ।