कामचलाउ सरकारमा व्यापक फेरबदल: जसपाका १० जना नयाँँ मन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफ्नो कामचलाउ सरकारको मन्त्रीपरिषदमा व्यापक फेरबदल गर्दै जसपाका १० जनालाई मन्त्री बनाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ गरी चार जनाबाहेक पुराना सबै मन्त्रीलाई हटाउँदै ओलीले महतोलाई उपप्रधान एवम् सहरी विकासमन्त्री, शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिल झालाई खानेपानी तथा सरसफाइ, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरियालाई वन तथा वातावरण, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँलाई युवा तथा खेलकुदमन्त्री चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनाउनुभएको छ ।
ओलीले विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउनुभएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई शितल जिवासमा सपथ लिएपछि बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओली