रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ ।
वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बसेको प्रदेशसभाको बैठकमा जानकारी गराउनुभयो ।
राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताउनुभयो ।
गत जेठ अन्तिममा दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।
राज्यमन्त्री विमला वलीको वाइसिएल नेता एकराज बस्नेतसँग प्रेम सम्बन्ध रहेको तथा बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोप लागेको थियो ।
स्थानीयले राज्यमन्त्री विमला वलीले एकराजको घरमा आएर श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै प्रहरी बोलाएका थिए ।
दाङ प्रहरीले सुरुमा राज्यमन्त्री विमला वलीलाई नियन्त्रण लिएको थियो भने मुख्यमन्त्री कुलप्रसाद केसीको चर्को दबाब पछि बुटवल पठाएको आरोप लागेको थियो ।
विमला वलीका श्रीमान प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) को उपनिर्वाचनमा उहाँ तत्कालीन नेकपाबाट विजयी हुनुभएको थियो ।
पार्टी विभाजनपछि उहाँ माओवादी केन्द्रमा रहनुभएको थियो ।
माओवादीले उहाँलाई राज्यमन्त्री बनाएको थियो । यो पनि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली दाङ प्रहरीको नियन्त्रणमा यो पनि विमला वली माओवादीमा प्रवेश गरेसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको बहुमत धरापमा