बिक्न छाडयो दूध, चिन्तामा दाङका किसान
दाङ । लमही नगरपालिका वडा नम्बर ३ निवासी एक राज चौधरी जस्को दैनिकी आफुले पालेका भैंसीको स्याहार-सुसार गर्दैमा बित्ने गर्छ ।
अहिले चौधरीसंग १४ वटा उन्नत जातका भैंसी छन । चौधरीले हरेक दिन १२५ लिटर भन्दा बढी दूध उत्पादन गर्नुहुन्छ । अहिले चौधरीलाई लकडाउनका कारण उत्पादित दूध कहाँ बेचौ भन्ने चिन्ताले सताउने गरेको छ ।
लकडाउनका कारण सामान्य मजदुरी गरेर खाने मानिसहरुको बिचल्ली त भएकै छ । त्यो भन्दा पनि कृषकहरु यतिबेला प्रत्यक्ष प्रभावित भएका छन् । कहिले मूल्य नपाएर त कहिले बजार नपाएर तड्पिने कृषकहरु यतिबेला कोरोना भाइरसका कारण देशमा लकडाउन भएकाले कृषकहरुको समस्या ज्यूँ को त्यूँ रहेको छ ।
देउखुरी भ्याली भैंसी फर्म नाम राखेर संचालन गरेको फर्ममा एक राजले खान बस्नको व्यवस्था सहित मासिक १६००० हजार तलब दिएर एक जना कर्मचारी समेत राख्नुभएको छ । उहाँका १० जना परिवार समेत सोही फर्ममै काम गर्ने गर्दछन ।
"दुध उत्पादन भएर मात्र के गर्नु बिक्री हुदैन, हामी किसानले यस्तो मार कैले सम्म खेप्ने हो " चौधरी भन्नुहुन्छ ।
उता लमही नगरपालिका वडा नम्बर १ मा रहेको निलकमल सामाजिक उद्यमि महिला सहकारी संस्था बन्द गरिएको छ । लकडाउन अघि नेपाल दुग्ध सस्थानले सहकारीले खरिद गरेको दूध किनिदिने गरेको तर हाल लकडाउनका कारण सबै बन्द भएपछि दूध संकलन केन्द्र बन्द भएको छ ।
संस्थाले दैनिक १२० कृषकहरुको दूध संकलन गर्दै आएको थियो । स्थानीय कृषकहरुले दैनिक एक हजार लिटर भन्दा धेरै दूध संकलन गर्दै आएको निलकमल सामाजिक उद्यमि महिला सहकारी संस्थाको संकलन केन्द्रकि व्यवस्थापक रेखा भुसाल बताउनुहुन्छ ।
लकडाउनका कारण कृषकलाई प्रत्यक्ष असर पर्नुका साथै कृषकहरुको घर व्यवहार बिग्रदो अबस्थामा छ ।