बाँके । लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
प्रेस युनियनको महाधिवेशन अगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना हुँदैछ ।
युनियनको आठौं महाधिवेशनबाट केन्द्रीय उपमहासचिव पदमा निर्वाचित केसीले यसपटक भने वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
केसीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, "आदरणीय अग्रज तथा साथीहरुले शोकमा रहेको बेला पनि माया सद्भाव देखाएर यहि श्रावण ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा केन्द्रीय वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषण गर्ने आग्रहलाई शिरोधार गदै आज गरूपुर्णिमाका दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु । सबैको साथ सहयोगको आशा गरेको छु ।"
युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको उहाँको भनाई छ ।
बाँकेमा लामोसमय देखि पत्रकारीतामा निरन्तर सक्रिय केसी हाल अन्नपूर्ण पोस्टमा आवद्ध हुनुहुन्छ ।
श्रमजीवी पत्रकारहरुको हकहितका निम्ति उहाँ सँधै अग्रमोर्चामा देखिनुहुन्छ ।
त्यस्तै उहाँ नेपाल पत्रकार महासंघ बाँकेको पुर्व अध्यक्ष, पुर्व केन्द्रीय सदस्य एवं मध्यपश्चिम संयाेजक भएर जिम्मेवारी सम्हाली सक्नुभएको छ ।
उहाँ नेपाल प्रेस युनियनको बर्तमान केन्द्रीय उपमहासचिव हुनुहुन्छ ।
उहाँले देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रिय वरिष्ठ उपाध्यक्ष पदमा मतदान गरि विजयी बनाउन आग्रह समेत गर्नुभएको छ ।