बर्दिया जिल्ला प्राकृतिक श्रोत र जैविक विविधताको दृष्टिकोणले नेपालकै धनि जिल्लाहरु मध्ये पर्दछ ।
स्थानीय थारु भाषामा गाई गोरुलाई वलिवर्द भनिने र यहाँका गाई गोरु राम्रा, मोटाघाटा र बलियो हुने हुँदा यो ठाउँलाई वलिवर्द भनिएकोमा पछि अपभ्रंस भई वर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ ।
अधिकांस दक्षिणी सिमाना भारतको कतर्नियाघाट वन्यजन्तु सेन्चुरीसंङ्ग जोडिएको र उत्तरी क्षेत्रमा देशको तराई भागमा ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया रहेको हुँदा सो दुई संरक्षण क्षेत्र जोड्ने खाता जैविक मार्ग वन्यजन्तु ओहोरदोहोरको प्रचुर मार्ग हो ।
कर्णाली बबई नदी र मानखोला यसै जिल्ला भएर बग्ने भएकाले बाढीको हिसाबले उच्च जोखिममा रहेको छ । बर्दिया जिल्ला २०६७ सालमा नेपाल सरकारले ९२५०.३२ हेक्टर क्षेत्रफल भएको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु सेन्चुरी जोड्ने गरि जैविक मार्ग (biological corridor) को रूपमा खाता संरक्षित वन घोषण गरेको छ ।
खाता संरक्षित क्षेत्रले साबिकका गाउँ विकास समितिहरु हालका ३ वटा नगरपालिका (मधुवन, राजापुर र ठाकुरबाबा) ५७४१.८९ हेक्टर वन क्षेत्र र ३५०८.४३ हेक्टर आवादी, कृषि खोलानाला र बाटोघाटो क्षेत्रले ओगटेको छ ।
खाता संरक्षित क्षेत्रमा पाटेबाघको बासस्थान, हात्तीको मार्ग तथा डल्फिन (सोंस) को उपस्थिति यो वनको प्रमुख विशेषता हो । खाता संरक्षित वनमा ७८ बटा सामुदायिक वन तथा २ वटा धार्मिक वन पर्द्छ । यस संरक्षित वनमा साबिक ७ वटा गाउँ विकास समिति हाल ३ नगरपालिकाका करिब ७७०० घरधुरीहरु काठ, दाउरा, घाँस र चरिचरणमा आदिका लागि निर्भर रहेका छ्न ।
जैविक विविधताको धनी यस जिल्ला बन्यजन्तु संरक्षणमा पनि प्रमुख चुनौती रहेको छ। खाता जैविक मार्ग क्षेत्रमा मानव र वन्यजन्तु विचको सह-अस्तित्व हुने गरेको पाईन्छ ।
वन्यजन्तुहरुको वासस्थानमा भएको खण्डिकरणले गर्दा वन्यजन्तुले गर्दा वन्यजन्तुहरु विशेष गरि जंगली हात्ती , बाघ, चितुवा र निलगाई आदिले स्थानीय बासिन्दाको बालिनाली नोक्सान गर्ने, चौपायाहरु मारीदिने र घर समेत भत्काई दिने घटनाहरु हुने गरेको छ ।
जैविक मार्ग मुख्य क्षेत्र डाडागाउ, पत्थरबोझी, भग्रैया, कोठियाघाट क्षेत्र जस्ता वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य क्षेत्रमा नै मानव बस्ती भएकाले तथा वन्यजन्तुको संख्यामा वृद्धि भएकालेे पनि यी स्थानहरुमा मानव र वन्यजन्तु विच द्वन्दका घटनाहरु बढी हुने गरेको देखिन्छ ।
यस जिल्लाभित्र पर्ने बर्दिया राष्ट्रिय निकुन्न, कृष्णसार संरक्षण क्षेत्र तथा खाता संरक्षित क्षेत्र संरक्षण र पर्यटन विकासको दृष्टिकोणले विश्वमै परिचित छन्। यो जिल्लामा २८१ वटा सामुदायिक वन (२०४५३.३७ हे.), ४ बटा धार्मिक वन (२१.६३ हे.)र १४६ वटा निजी वन (१४२.९२ हे.) बर्दिया जिल्लामा ४ किसिमको वन पाईन्छ ।
साल वन १६,९७४ हेक्टर ८२ %, ट्रपिकल हार्डउड वन २,८०४.१९ हेक्टर १५%, खयर, सिसौ मिश्रित वन १८६.९४ हेक्टर १%, बृक्षारोपण तथा अन्य वन ३७३.९० हेक्टर २% रहेका छ्न ।
जुन स्थानिय उपभोक्ताहरुले संरक्षण र सदुपयोग गर्दै आएका छन्। डिभिजन बन कार्यालय बर्दिया, खाता संरक्षित बन कार्यक्रम तराई भु-परिधि कार्यक्रम जस्ता सम्बन्धित संघसंस्थाहरु बर्दिया राष्ट्रिय निकुञ्ज, सामुदायिक वन उपभोक्त समुहहरु र संरक्षणप्रेमी उपभोक्तहरुले विगतमा गरेका संरक्षणको प्रयासहरुले सार्थकता पाउदै गर्दा बनको विकास तथा वन्यजन्तुहरुको संख्यामा पनि धेरै परिवर्तन भएको छ। तर संरक्षणको क्षेत्रहरुमा विभिन्न चुनौतिहरु पनि थपिदै गएका छन् ।
सुरुवातमा बनमा आश्रित मानविय चाप कम गरि संरक्षण गर्न निकै समस्या थियो भने हाल बन्यजन्तुहरुको सख्यामा वृद्धि भई बासस्थान साँगुरो हुँदा मानव तथा वन्यजन्तु बीचको द्वन्द चुनौतिको रुपमा थपिएको छ । यो चुनौती खासगरी निकञ्ज, मध्यवर्ती र खाता संरक्षित क्षेत्र भित्र पर्ने सामुदायिक बनहरुको छेउछाउका बस्तिहरुमा देखिदै आएको छ ।
वन्यजन्तुहरुबाट बालिनाली क्षती तथा मानविय क्षति बढ्दै गएपछि यो चुनौती थपिएको हो । हाल सम्म बर्दिया जिल्लाभित्रै मात्र पटेबाघ, जंगली हात्ती, चितुवा र गैडाहरुको आक्रमणमा परि धेरैले ज्यान गुमाएका छन् भने बढि मात्रामा पशुचौपाया मारिदिने, घर भत्काइदिने तथा बालीनाली नोक्सान गरिदिने जस्ता समस्याहरु देखिदै आएका छन् ।
जसको कारण मानव तथा वन्यजन्तुहरुबीच उत्पन्न भएको असमझदारीले द्वन्द सिर्जना भएको छ । यो समस्या समाधानको लागी डिभिजन वा कार्यालय बर्दिया खाता सामुदायिक वन समन्वय समिती मार्फत तराई भु-परिधी कार्यक्रम, कोहलपुर बाँके, बर्दिया राष्ट्रिय निकुन्ज, नगरपालिकाका कार्यालयहरु तथा सम्बन्धित विभिन्न संघ सस्थाहरुले विभिन्न प्रयासहरु गर्दै आएका छन् ।
विभिन्न स्थानहरुमा जडान गरिएका पक्की पर्खाल , मेसवायर जाली तथा इलेक्ट्रिक फैन्स वायर लगाएत विभिन्न स्थानहरुमा निर्माण गरिएका बाघको आहार प्रजाती संरक्षणको लागी घासे मैदान, वन्यजन्तुहरुको बासस्थान व्यवस्थापनका कार्यहरु यसका उदाहरणहरु हुन ।
यि प्रयासहरुबाट सकारात्मक उपलब्धिहरु देखिएकाले यस्ता कार्यहरुमा निरन्तरता दिनुका साथै अझ प्रभावकारी उपायहरु खोज्न जरुरी देखिन्छ ।
यी प्रयास गर्दागर्दै आर्थिक वर्ष २०७७/०७८ मा मानवीय क्षती ८ जना, जंगली जनावर बाघ/ बंदेलबाट घाइते ६ जना, जंगली हात्तीबाट अन्नबाली ७५ जना, बाघ/ चितुवाबाट पशुचौपाया २० वटा मारेको छ ।
अन्त्यमा मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न सरकारले बजेट बिनियोजन मात्र गरेर नहुने देखिन्छ । उक्त बजेट पारदर्शी तरिकाले खर्च भइरहेको छ वा छैन ? त्यसको पनि मुल्यांकन हुनुपर्छ ।
समस्याग्रस्त तथा नरभक्षी वन्यजन्तुलाई पहिचान गरेर स्थानान्तरण गर्नुपर्ने आवश्यकताको बोध समयले गराइसकेको अवस्था छ । वन्यजन्तुको आक्रमणबाट पीडित गाउँ वस्तीको पहिचान गर्दै पर्खाल निर्माण गरेर भएपनी मानव वन्यजन्तु द्वन्दलाई न्यूनीकरण गर्नुपर्ने देखिन्छ । बिज्ञ टोली गठन गरेर अध्ययनपछि अन्य आवश्यक उपायहरूको प्रयोग गर्दै समस्याको सम्बोधन गर्नुपर्ने आवश्यकताको समयले माग गरेको छ ।
हेक्का रहोस् वन्यजन्तुको राजमार्ग स्थानीयको मृत्युमार्ग नबनोस्
लेखक हरि गुरुङ नेपाल कागजका बर्दिया जिल्ला संवाददाता हुनुहुन्छ ।
लेखमा प्रयोग भएका/गरिएका आँकडा (डाटा) डिभिजन वन कार्यालय, बर्दियाबाट प्राप्त