बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा बाल विवाह न्यूनीकरणको नारा सहित शिक्षक, अभिभावक र विद्यालयको पहुँच बाहिर रहेका बालबालिकासँग एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
बाल विवाह न्यूनीकरण गर्न समाजमा सचेतना र खबरदारी गर्ने, विद्यालय बाहिर रहेका बालिकाहरूलाई शिक्षाको पहुँच गराउने, साथै बालिका शिक्षालाई निरन्तरता दिने उद्देश्य सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उपस्थित सबैले बाल विवाह न्यूनीकरण गर्ने भन्दै प्रतिबद्धता गरेका छन । बाल विवाह हामी गर्ने छैनौँ, समुदायमा बाल विवाह न्यूनीकरण अभियानमा लाग्ने छौं, बाल विवाह गरेको विवाह भोजमा समावेश हुने छैनौँ, बाल विवाह न्यूनीकरणका लागी समुदाय र विद्यालयहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने छौं भनी संयुक्त रुपमा वडा अध्यक्ष राजेन्द्र हमाल लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूले प्रतिबद्धता गरेका छ्न ।
उक्त कार्यक्रममा प्रमुख अतीथि मधुवन नगरपालिकाका वडा नं-७ का वडा अध्यक्ष राजेन्द्र हमालले बालविवाह न्यूनिकरण गर्न सबै सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, "समाजमा रहेका हामीले बाल विवाह न्यूनीकरण गर्नेतर्फ सकारात्मक सोच बनाउनु पर्छ, न्यूनीकरण गर्न सबैको प्रतिबद्धता आवश्यक छ ।"
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधुवन वडा नं- ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, विशेष अतिथिका रुपमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय मधुवन वडा नं- ७ का प्रधानाध्यापक देवी बहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
बाल विवाह न्यूनीकरण अभियान, प्लान इन्टरनेशनल र भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप)को साझेदारीमा सञ्चालन भएको कार्यक्रमको बाल विवाह न्यूनीकरण परियोजनाले सहजिकरणको भूमिका खेलेको कार्यक्रमका फिल्ड सुपरभाइजर गंगा गुरुङले जानकारी दिनुभयो ।