नेपाल चिकित्सक संघको माग अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन जारी
काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश तत्काल जारी गर्न अनुरोध गरे बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ संसोधन सहित जारी गर्नुभएको छ ।
संघले २०७८ जेठ १६ गते आइतबार सरकारलाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश तत्काल जारी गर्न सात दिनको अल्टिमेटम दिएको थियो।
सो अल्टिमेटमको समयसिमा आज नसकिँदै राष्ट्रपती विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ संशोधन गरी अध्यादेश मार्फत जारी गर्नुभएको हो ।
नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. लोचन कार्किले नेपाल कागजसंग कुरा गर्दै सरकारले चिकित्सक संघको आग्रह अनुसार ऐन जारी गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले संक्षिप्त प्रतिकृया दिँदै भन्नुभयो, "हाम्रो माग अनुसार सरकारले ऐन जारी गर्नु स्वागतयोग्य कुरा हो, बाँकी ऐनको अध्ययन गरेर छलफल गरेर अगाडि बढ्छौँ ।"
सरकारले मन्त्रीपरिषद् बाट स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी अध्यादेश मार्फत जारी गर्नुभएको छ । राष्टपति भण्डारीले आइतबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो अध्यादेश जारी गर्नुभएको हो ।