हरि गुरुङ, अनोज थारू, बर्दिया । ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाको हिरासत कक्षबाटै बलात्कार आरोपमा पक्राउ परेका एक जना थुनुवा फरार भएका छन ।
ईलाका प्रहरी कार्यालय मोतिपुरबाट फरार बलात्कार आरोपीलाई बर्दिया प्रहरीले व्यापक रुपमा खोजतलास गरिरहेको छ ।
बाँसगढी नगरपालिकाकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाँके जिल्ला, खजुरा गाउँपालिका घर भएका अब्दुल खाँलाई गत असार २३ गते बाँके जिल्लाबाटै प्रहरीले पक्राउ गरेको थियो ।
अब्दुल खाँलाई ईलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर अनुसन्धान कार्य चलिरहेको थियो ।
खाँलाई ११ गते बुधबार जिल्ला अदालत बर्दियामा पुनः म्याद थप गर्नको लागि समय तोकिएको थियो ।
तर उनी दुई दिन पहिल्यै ९ गते (सोमबार) बिहान १०ः५५ बजेतिर खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिनुभयो ।
उहाँले सबै ठाँउमा ब्यक्तिको हुलिया पठाएर खोजी कार्य जारी राखेको बताउनुभयो ।
हिरासत कक्षबाट थुनुवा भागेपछि बर्दिया प्रहरीले आन्तरिक छानबिन थालेको छ ।