तस्बिर : पक्राउ परेका वर्ष ४८ को निलमणी दमाई ।
रूपन्देही । घाँस काट्न जङ्गलमा गएकी युवतीलाई एक्लै पारी बलात्कार गर्न खोज्ने एक जना पुरुषलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
यहीं साउन १० गते बिहान करिब नौ बजेपछि गाउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न युवती जङ्गल गएकोमा उहाँकी दिदी केही समयमै जरुरी कामले फर्किएपछि जङ्गलमा एक्लै देखि सोही मौका पारी जबरजस्ती करणी उद्योग गर्ने सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने वर्ष ४८ को निलमणी दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।
सैनामैना नगरपालिका अन्तरगत तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडा जङ्गलको करिब पाँच सय मिटर माथिको जङ्गलमा घाँस काटी भारी पुर्याइरहँदा युवतीलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनी सोही जङ्गलमा दाउरा काट्न गएका निलमणि दमाईले के भयो भनी सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतीको संवेदनशील अङ्गहरूमा छुन खोजी जबरजस्ती करणी गर्न खोजेकोमा बल प्रयोग गरी जंगलैजंगलको बाटो हुँदै युवती भागेर निस्कनुभएको थियो ।
उक्त जबरजस्ती करणी उद्योग घटनाकी पीडित युवती १९ बर्षिया हुनुहुन्छ ।
बिवाहित समेत रहनुभएकी युवतिलाई निलमणी दमाईद्वारा साउन १० गते दिउँसो करिब १२:३० बजेको समयमा जबरजस्ती करणीको प्रयास(उद्योग) भएकोमा बलपूर्वक ति व्यक्तिको पञ्जाबाट उम्किएर घर आइपुगेपछि आफूमाथि भएको घटना तत्काल ससुरालाई सुनाउँदा लुकाएर नराखी प्रहरीलाई भन्नुपर्छ भनेपछि तुरुन्तै सालझण्डी प्रहरीलाई खबर गर्नुभएको थियो ।
तत्काल घटनास्थल पुगेको प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले घटनामा संलग्न वर्ष ४८ को निलमणी दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीले दिएको विवरण
मिति २०७९।०४।१० गते जिल्ला रूपन्देही सैनामैना नगरपालिका वडा नं ५ तुलबुलिया खोलाको पुर्वपट्टीको नेवारडाँडामा घाँस काट्न छिमेकी दिदीसँग घाँस काट्न गएकोमा निज दिदी काम विशेषले फर्किएपछि एक्लै घाँस काटी भारी पुर्याउन लाग्दाको अवस्थामा युवतीलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोही जङ्गलमा दाउरा काट्न गएका निम्न वतनका निलमणि दमाईले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी दिउँसो करिब १२:३० बजेको समयमा संवेदनशील अङ्गहरूमा छुन खोजी जबरजस्ती करणी गर्न खोजेकोमा बलपूर्वक ति व्यक्तिको पञ्जाबाट उम्किएर घर आइपुगेपछि आफूमाथि भएको घटना तत्काल ससुरालाई सुनाउँदा लुकाएर नराखी प्रहरीलाई भन्नुपर्छ भनेपछि तुरुन्तै सालझण्डी प्रहरीलाई खबर गर्नासाथ तत्काल घटनास्थल पुगेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले घटनामा संलग्न निम्न व्यक्तिलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भईरहेको ।
पक्राउ परेका व्यक्तिको विवरणः
जिल्ला रूपन्देही सैनामैना नगरपालिका वडा नं ५ गढवा मलमलाटोल वस्ने वर्ष ४८ को निलमणी दमाई ।