काठमाडौं । नेपाली सेनाको सैनिक मुख्यालयले उच्च सैनिक अधिकारीहरुको सरुवा गरेको छ भने केहिको बढुवा गरेको छ ।
सेनाले उपरथी ताराध्व पाण्डे, प्रदिपजंग केसी र निर्मल कुमार थापाको सरुवा गरेको छ ।
सम्भारथी प्रमुख रहेका ताराध्व पाण्डेलाई सेनाको शक्तिशाली मानिने युद्धकार्य विभागको महानिर्देशक बनाइएको छ ।
त्यस्तै सैनिक ईण्टिलिजेन्स कोरमा कार्यरत सहायकरथी सागरबहादुर थापाको उपरथीमा बढुवा हुनुको साथै पदस्थापन समेत भएको छ ।
थापालाई कार्यरथी विभागको प्रमुख बनाइएको छ ।
उपरथीमा बढुवा भएका सागरबहादुर थापा हालका प्रधानसेनापति प्रभुराम शर्मापछिका प्रधानसेनापतिका दाबेदार हुनुहुन्छ ।
पाण्डे र उपरथी अशोक सिग्देलमध्ये एक जना शर्माको उत्तराधिकारी बन्ने सम्भावना छ ।
सिग्देल समेत सेनाको महत्वपूर्ण मानिने नीतिमा प्रमुख हुनुहुन्छ ।
त्यस्तै सहायकरथी गणेश श्रेष्ठलाई सैनिक प्रशासन तथा व्यवस्थापन निर्देशनालय (विरेन्द्र अस्पताल समेत हेर्ने गरी ), पवनराज घिमिरे राष्ट्रिपतिको मुख्य सुरक्षाधिकृत, प्रकाश देउजा निर्देशक युद्धकार्य निर्देशनालय, शिशिरचन्द्र केसी उपत्यका कमाण्ड र सुन्दर पाण्डेको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालको निर्देशकमा सरुवा भएको छ ।
त्यसैगरी महासेनानीहरु रन्जित थापालाई सैनिक विशेष ईण्टेलिजेन्स निर्देशनालय, बालकृष्ण कार्की, सैनिक तालिम महानिर्देशनालय, लक्ष्मण थापा अभिलेखालयपति, मोहनचन्द्र गुरुङ सहायक बाहिनीपति २५ बाहिनी र अर्जुन बस्नेतको मध्य कमाण्ड हेडक्वाटरमा सरुवा भएको छ ।
महासेनानी शक्तिजंग बस्नेत सहायकरथीमा बढुवासहित बाहिनीपति ९ बाहिनी, महेश कुमार थापा बाहिनीपति २ बाहिनी, भुवनपूर्ण सत्याल उपत्यका कमाण्ड र द्रव्यराम भण्डारीको बाहिनीपति १३ बाहिनीमा बढुवासहित पदस्थापन भएको छ ।
त्यसैगरी प्रमुख सेनानीहरु जितबहादुर लामा महासेनानीमा बढुवा भएर नेपाली सैनिक व्याटल स्कुलको शिक्षाधिकृत,पंकज रावल नेपाली सैनिक प्रतिस्ष्ठान र उमेश कार्की सहायक बाहिनीपति ४ बाहिनीमा बढुवासहित पदस्थापन भएको छ ।
प्रमुख सेनानी जिवन कार्की डिपोपति जंगी असवाव खाना, शीतल बानिया क्षेत्री वार कलेज, सुरेश आचार्य सहायक बाहिनीपति २३ बाहिनी र अच्युतम भण्डारीको महासेनानीमा बढुवा हुनुको साथै १ बाहिनीको सहायक बाहिनीपतिमा पदस्थापन भएको छ ।