बर्दिया। नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य संजय गौतम र डा. गोपाल दहितले सम्बोधन गर्दै गरेको कार्यक्रममा ८-१० जना अपरिचित ब्यक्तिहरुले घुसपैठ गर्दै कार्यक्रम बिथोल्ने प्रयास गरेका छ्न ।
नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिका नगर कमिटीले आयोजना गरेको कार्यक्रम ठाकुरबाबाको रानीपुरमा हुँदै थियो ।
उक्त कार्यक्रममा मुख्य वक्ताका रूपमा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्रीद्वय गौतम र डा. दहित हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा संसद संजय गौतमले आफ्नो मन्तब्य राख्दै गर्दा एक्कासी केही ८-१० जनाको झुन्डले नेपाली कांग्रेसको ठाकुरबाबामा भैरहेको कार्यक्रम बिथोल्न सक्दो प्रयास गरेका थिए ।
निर्वाचन नजिकिँदै गर्दा कांग्रेस बर्दियाका दिग्गज नेताहरूको कार्यक्रम बिथोल्ने षड्यन्त्र कस्ले र किन गर्यो भन्ने गम्भीर प्रश्न उठेको कांग्रेस नेताहरूको भनाइ छ ।
साथै संघीय सांसद समेत रहनुभएका तथा पुर्व मन्त्री गौतम र केन्द्रिय सदस्य तथा पुर्वमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नेताद्वयको सुरक्षामा प्रहरी प्रशासन असफल भएको बर्दिया कांग्रेसका नेताहरु बताउछ्न ।
यस घटनाको बारेमा हामीले नेपाली कांग्रेसका नेता तथा संघीय सांसद संजय गौतमसङ्ग प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो, "यो अराजकताको पराकाष्ठा हो । पार्टीको केन्द्रिय सदस्यको कार्यक्रममा कार्यक्रम बिथोल्न खोज्नु, नारा बाजि गर्नु, नगरकमिटीले आयोजना गरेको कार्यक्रम बिथोल्न खोज्नु पार्टी अनुशासन विपरीत हो । म यो कार्यको घोर भर्सना गर्छु ।"
त्यसै गरि पुर्व मन्त्री डा. गोपाल दहितसङ्ग प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो, "हामी लोकतान्त्रिक पार्टी हौं यस्ता साना तिना कुरा भैहाल्छ । मैले यस्लाई सामान्य रुपमा लिएको छु । तर नियोजित किसिमबाट कांग्रेसको कार्यक्रम बिथोल्न खोज्नु गम्भीर विषय हो । यसको म घोर भत्सर्ना गर्दछु ।"
नेपाली कांग्रेसका केन्द्रिय नेताहरूको कार्यक्रममा घुसपैठ गर्नु गराउनु सुनुयोजीत थियो वा भवितव्य हो यसको अनुसन्धान हुनुपर्ने एक कांग्रेस नेताले माग गर्नुभयो ।
नेताद्वयको सुरक्षामाथी पनि गम्भीर प्रश्न उठेको छ ।