दाङ (देउखुरी) । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश "क" र" ख"ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस कार्य शुरु गरेका छन ।
प्रदेश "क" बाट नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पान्डे, नुमानन्द सुवेदी, लक्ष्मण चौधरीलाई सिफारिस गरिएको छ । साथै क्षेत्रका लागि प्रदिप राज शर्माको नाम पनि राएसुझाबको लागि क्षेत्रमा सिफारिस गरिएको छ ।
समानुपातिक तर्फ अनुराग यादब र यसोदा चौधरी । त्यस्तै समानुपातिक तर्फ पनि लोगराज केसी र श्रीपत चौधरीलाई उपयुक्त उम्मेदवार भनि राए पठाएको छ ।
त्यस्तै प्रदेश “ख” बाट प्रत्यक्षतर्फ सिफारिस हुनेमा महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेत, बासुदेव जंगली, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, शान्तराज अधिकारी, चुरामणी आचार्य, पवन नेपाली रहेका छन ।
त्यस्तै प्रदेश “ख” समानुपातिकतर्फ सिफारिसमा परेका महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपाने, लोका विश्वकर्मा, देवका बेल्बासे, पवन कुमार यादव, रेशम बहादुर बुढा, खीमा अधिकारी, माधव चौधरी, तारा प्रसाद नेपाली, गीता चौधरी, घनश्याम सुवेदी, खड्ग बहादुर विक, गोपाल नेपाली रहेका छन ।