कांग्रेस दाङ क्षेत्र १ ले प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकमा सिफारिस गर्यो, हेर्नुहोस् लिस्ट
दाङ(देउखुरी) । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकका लागि उम्मेदवार सिफारिस गरेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा प्रतक्षतर्फ नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्ण किसोर घिमिरे, केन्द्रिय सदस्य योगेन्द्र चौधरी, प्रदिप थापा , महाधिवेशन प्रतिनिधि अनुराग खडका रहेका छन ।
त्यस्तै समानुपातिक तर्फ सुसिला चौधरी, आत्माराम भट्टराई, खडक बहादुर सुनार, दोर्ण भुसाल, गोबिन्द रेग्मी, राम प्रसाद चौधरी, जमिर शाहलाई नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले जिल्लालाई सिफारिस गरेको कांग्रेस दाङ क्षेत्र नम्बर १ का प्रवक्ता अजय न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कै अगुवाइमा हुँदै गरेको निर्बाचनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता सम्मानित भएर अगाडि बढन दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पाण्डेयले बताउनुभयो ।
त्यस्तै प्रमुख अतिथी योगेन्द्र चौधरीले कांग्रेस एक जुट भएर अगाडि बढे कुनै पनि शक्तिले कांग्रेसलाई प्रभाव नपार्ने भएकाले सम्पुर्ण नेता तथा कार्यकर्तालाई जन-स्तरमा पुग्न निर्देशन समेत दिनुभएको छ ।
दाङ क्षेत्र नम्बर १ का सभापती भेष राज पाण्डेको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रमको सहजीकरण दाङ क्षेत्र नम्बर १ का सचिव हरिहर शर्माले गर्नुभएको थियो । सिफारिस कार्यक्रममा २०० जना भन्दा धेरै नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।