कृष्ण गिरी, नवलपरासी । पश्चिम नवलपरासी नेकपा एमाले संघीय निर्वाचन क्षेत्र नं. १ को विस्तारित बैठक शुक्रवार बर्दघाटमा सम्पन्न भएको छ ।
संघीय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेको अध्यक्षता र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो।
बैठकले आगामी मङ्सिरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि नेकपा एमाले पश्चिम नवलपरासीबाट संघीय निर्वाचन क्षेत्र नं. १ अन्तर्रगतका उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।
शुक्रवार बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा भएको संघीय निर्वाचन क्षेत्र नं. १ को विस्तारित बैठकले प्रदेशका लागि निर्वाचन क्षेत्र नं. १ (क) वाट पुण्य प्रसाद पौडेल, सिन्धु जलेसा, राम बहादुर भण्डारी, एकदेव पाण्डे र टुक प्रसाद बस्यालको नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नं. १ (ख) वाट राम प्रसाद अर्याल र दिपकराज शर्मा भट्टको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनुभयो ।
त्यसैगरी सोही बैठकले निर्वाचन क्षेत्र नं. १ को संघीय निर्वाचनका लागि पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी र राम लखन हरिजनको नाम सिफारिस गरेको संघीय निर्वाचन क्षेत्र नं. १ का संयोजक गोपाल सिंह आलेले जानकारी दिनु भएको छ ।
संघीय निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज इन्द्र गुरुङको स्वागतबाट शुरु भएको बैठकमा पार्टीका केन्द्रिय सल्लाहकार परिषद् खिमलाल पोखरेल, जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी ,प्रदेश कमिटीका सचिवालय सदस्य तुलसी पासी, केन्द्रिय प्रतिनिधि परिषद सदस्य बद्री खनाल लगाएका नेताहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय कलाकार राम श्रेष्ठ को उपस्थित रहेको थियो । कार्यक्रमलाई अझ आकर्षक बनाउन वहाँले आफ्नो साङ्गेतिक प्रस्तुति पनि दिनुभएको थियो।