सन्जु चालिसे, बुटवल । ईलाका प्रहरी कार्यालय, सालझण्डीले ४ वर्षदेखी फरार ६ अपराधीहरू एकैदिन पक्राउ गर्न सफल भएको छ ।
जिल्ला अदालत, रुपन्देहीले २०७५।११।१२ गते लागू औषध ब्राउन सुगर सम्बन्धि कसुर मुद्दामा जनही ६ महिना कैद सजाय दिएपछि फरार भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय, सालझण्डीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलेले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।०५।२० गते रुपन्देही जिल्लाको बुटवल उप-महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा फेला पारी पक्राउ गरेको ईलाका प्रहरी कार्यालय, सालझण्डीले जानकारी दिएको छ ।
उनिहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देही पठाईएको इन्स्पेक्टर मरासिनीले जानकारी नेपालकागजलाई जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय, सालझण्डीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगन्नाथ मरासिनीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा निम्न प्रतिवादीहरु (अपराध गरेर सजाय/दण्ड पाएकाहरू) रहेका छन ।
१. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं ४ वस्ने वर्ष २३ को सागर गुरुङ ।
२. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं ५ वस्ने वर्ष २७ को सुमन शर्मा ।
३. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं ६ वस्ने वर्ष २७ को जारशेस गुरुङ ।
४. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं ७ वस्ने वर्ष २७ को अनिल थापा ।
५. जिल्ला गुल्मी कालीगण्डकी गा.पा वडा नं १ स्थायी वतन भई हाल रुपन्देही बुटवल उप महानगरपालिका वडा नं ६ वस्ने वर्ष २५ को किशोर पाण्डे भन्ने किश्वर पाण्डे ।
६. जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं ६ वस्ने वर्ष २७ को प्रकाश सारु ।
त्यस्तै यस मुद्दाका मुख्य अभियुक्त बुटवलका मोहम्मद रसिदलाई १० वर्ष कैद सजाय भएकोमा उनी हाल जिल्ला कारागार रुपन्देहीमा थुनामा रहेर कैद भुक्तान गरिरहेका छन ।
त्यस्तै उक्त अपराधमा संलग्न अन्य फरारहरूको खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यालय, सालझण्डीले जानकारी दिएको छ ।