गण्डकीमा सांसद इन्द्रलाल सापकोटाको चर्चा
बलेवा । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले नेकपा(माओवादी केन्द्र)बाट मुख्यमन्त्री हुनुभएका त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि गण्डकीमा सांसद इन्द्रलाल सापकोटाको चर्चा हुन थालेको छ ।
विपक्षी गठबन्धनलाई सापकोटाले सहयोग गर्दा अर्थात् फ्लोर क्रस गर्दा बहुमत पुग्छ । सापकोटाले भने संसदीय मूल्य र कार्यकर्ताको मनोभावना विपरीत काम नगर्ने बताउनुभएको छ । सापकोटाले भन्नुभयोे, “यहाँ संसदीय दल एउटै छ, दलको निर्णय नै मेरो पनि निर्णय हुन्छ, जुन जनचाहना हो ।”
उहाँले आफू कुनै निर्णायक नभएको भन्दै पदको लोलुप्तामा नलाग्ने बताउनुभयो । “माथि पार्टीका अध्यक्ष व्यवस्थामा नै प्रश्न उठाउने गरी लाग्नुभएको छ, त्यो प्रदेशको कमजोरी होइन”, सापकोटाले भन्नुभयो, “मलाई मुख्यमन्त्रीसँग नजीक हुनु पनि छैन र संसदीय दलको निर्णय विपरीत जानु पनि छैन ।” सापकोटाले जनताको प्रतिनिधि भएकाले कम्युनिष्ट पार्टीबाट जितेको र सोही अनुसारको व्यवहार आफूले गर्नुपर्ने बताउनुभयो । “म तटस्थ बस्दा वा राजीनामा दिँदा जनताको मतको के कदर होला वा मेरो राजनीतिक जीवनको के होला” सापकोटाले भन्नुभयो, “अन्त के गरे भन्ने होइन हाम्रोमा अवस्था के छ भन्ने कुरालाई मूल्याङ्कन गर्ने हो ।”
उहाँले वामपन्थी पृष्ठभूमिमै रहेर राजनीतिमा रहने प्रस्ट पार्नुभयो । सापकोटाले विपक्षीलाई मतदान नगर्दा प्रदेशमा कसैको पनि बहुमतको सम्भावना छैन ।
जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा केन्द्रको निर्देशनअनुसार चल्ने र सभामुखले राजीनामा दिने परिस्थिति आउनुपूर्व गण्डकी प्रदेश मध्यवधीको बाटोमा लाग्ने छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ ।
नेपालको संविधान धारा ७६ (३) अन्तर्गत मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार बिहीबार विश्वासको मत लिन लाग्नुभएको हो ।
गण्डकी प्रदेशमा विपक्षी गठनबन्धनबाट अविश्वासको प्रस्ताव आउनुपूर्व मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिनुभएको थियो । त्यसपछि पुनः ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त हुनुभएका गुरुङले विश्वासको मत लिनुपूर्व विकसित राजनीतिक घटनाक्रमले अहिले गण्डकी प्रदेश चर्चामा छ ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टीको निर्देशन उल्लङ्घन गरेपछिको घटनाक्रम र सर्वोच्च अदालतले उहाँलाई थमौतीपछि गण्डकीको राजनीति तरङ्गित बनेको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशमा अहिले बहुमत पु¥याउन ३१ सांसदको समर्थन चाहिन्छ । विश्वासको मतमा ३१ मत नभएसम्म गण्डकीको राजनीतिक टुङ्गोमा पुग्दैन । पछिल्लो घटनाक्रम र अङ्क गणितलाई हेर्दा दुवै पक्षमा बहुमत जुट्ने सम्भावना कम छ ।
विपक्षी गठबन्धनमा लाग्नुभएको राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टीको निर्णयभन्दा विपरीत पृथ्वी सुब्बा नेतृत्वको सरकारलाई समर्थन गर्ने दोहो¥याउँदै आउनुभएको छ । संसद्मा अहिले विपक्षी गठबन्धनमा खुलेको ३० र सरकार पक्षमा खुलेका २८ मत छ । विपक्षमा नेपाली कांगे्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जनता समाजवादी पार्टीका दुई तथा राष्ट्रिय जनर्मोचाका दुई सांसद छन् ।