बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बर्दिया क्षेत्र नम्बर -२ का संघीय सांसदका उम्मेदवार विनय रावल बर्दिया आइपुग्नुभएको छ ।
उहाँकू स्वकीय सचिवालयले दिएको जानकारी अनुसार नेता रावलले पहिलो चरणमा मानव वन्यजन्तु द्वन्द्वबाट पीडित परिवारहरूसँग भेट्ने कार्यक्रम रहेको छ ।
नेपालकगजसँग कुरा गर्दै राप्रपाको केन्द्रिय सामाजिक बिभागका प्रमुख समेत रहनुभएका रावलले यो दशै बर्दियाका बृद्धअबश्थामा रहेका आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीसंग टिका थापेर आशिर्वाद लिँदै मनाउने बताउनुभयो ।
उहाँले नेपाल कागजसँग भन्नुभयो, "हेर्नुहोस अ बर्दियाबट लिनु केहि छैन बस छ त दिनु । म बर्दियालाई समृद्ध, बर्दियालीलाई स्वाबलम्बी, युवालाई स्वरोजगार, किसानलाई आधुनिक बैज्ञानिक उपकरण, सिँचाइको व्यवस्था, सम्भावनाको खानी रहेको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान दिलाएर अन्तरिक र बाह्य पर्यटक भित्राएर बर्दियालाई विकसित र व्यवस्थित बनाउने इच्छा, चाहना छ र मेरो राजनीतिक गन्तव्य त्यहि हो"
उहाँले अगाडि भन्नुभयो, "बर्दियाका पीडित दुखी बिरामीलाई सहयोग गर्ने चाहना छ र बाघको आक्रमणबाट हालै ज्यान गुमाउनुभएका बृद्ध जुठारु थारूको परिवार अत्यन्तै महत्वपूर्ण छ । मृत्युको मुल्य त हुँदैन तर उहाँको परिवार अत्यन्तै विपन्न छ भन्ने कुर यही पत्रिकामार्फत थाहा पाएँ । उहाँको आत्माले शान्ति पाओस् । पीडित परिवारलाई भेटेर दुखमा मल्हम लगाउन आर्थिक सहयोग गर्न उहाँको घरतर्फ जाँदैछु ।
प्रभावशाली नेताको रुपमा पहिचान बनाउन सफल रावल युवा समाजसेवी समेत हुनुहुन्छ । उहाँले छोँटो समयमानै बर्दियावासीका लागि करिब ३०० वटा समाजसेवा मुलक काम गरेर देखाउन सफल हुनुभएको छ ।