बर्दिया । सशस्त्र प्रहरी जिल्ला कमान्डर नै फिल्डमै पुगेर भादा नदीको पानी गाउँवस्ती तिर नजाओस भन्दै रोक्न तटबन्धन गर्ने कार्यमा खटिनुभएको छ ।
सशस्त्र प्रहरी अधिकारीहरूको हौसला बढाउन तथा गाउँवस्तीका स्थानीयलाई सचेत र सुरक्षित गर्न भन्दै सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक जहर सिंह बूढामगर फिल्डमै उत्रनुभएको हो ।
गुलरिया नगरपालिका वडा नम्बर -१० थपुवा गाउँ उच्च जोखिममा रहेको छ । त्यहाँका स्थानीयलाई सुरक्षित राख्न, डुबानमा पर्न नदिन तथा नदीको पानी उच्च जोखिममा रहेको थपुवा गाउँमा पस्नबाट रोक्न बिहानै देखी सशस्त्र प्रहरीसंगै उहाँ आफै खटिनुभएको छ ।
अहिले सशस्त्र प्रहरी बल बबई भादा नदीको बाढी पस्न सक्ने सम्भावित क्षेत्रहरूमा स्थानीयको उद्धार तथा प्रतिकार्यको लागि बिभिन्न टोली बनाइ परिचालित भएको सूचना हाम्रा संवाददाता अनोज थारूले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियाले आफ्नो आधिकारिक फेसबुक हेन्डलबाट बबई भादा नदी आसपासका जनतालाई सचेत रहन अपिल गरेको छ भने प्रहरी टोली नै खटाएर सुर्जिगौडी गाउँका स्थानीयलाई बचाउन अस्थाइ तटबन्धन गर्दै आसपासका जनतालाई समस्या परेमा इमर्जेन्सी नम्बर १०० मा फोन गर्न समेत भनेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले सूचना जारी गर्दै भनेको छ, "अबिरल वर्षाको कारण बबई नदिको सतह बढ्न गई खतराको बिन्दु पार गरिसकेको हुँदा बबई नदिको तटीय क्षेत्र तथा बबई नदिको शाखा खोला आसपास बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई सचेत रहन अनुरोध ।"
त्यस्तै नेपाली सेनाको टोली पनी रेकी गर्दै हाई अलर्टमा बसेको र बिभिन्न ठाउँमा उद्धार कार्यमा परिचालित भएको जानकारी प्राप्त भएको छ ।
हेर्नुहोस् सशस्त्र प्रहरी बर्दियाले तटबन्धन गर्दै गरेको तस्बिरहरू फोटो फिचर