खुट्टाको चोटको पर्वाह नगरी जनताको घरदैलोमा व्यस्त छन समाजसेवी नेता विनय रावल
बर्दिया । हिन्दुहरूको महान ग्रन्थ मध्यको एक गीताले 'कर्म गर्दै जाउ फलको आशा नगर' भने जसरी होटल याक एण्ड यतीमा लडेर खुट्टामा लागेको चोटको पर्वाह नगरी जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ विनय रावल । रावलले विकसित व्यवस्थित बर्दियाको अवधारणा(भिजन)लाई आफ्नो कर्म ठानेर अगाडि बढीरहनुभएको छ । बर्दियालाई युवा नेता रावलले आफ्नो कर्मथलोको रुपमा हृदयंगम गर्नुभएको छ भने बर्दियाका जनताले पनि खुला हृदयले अंगाल्दै उहाँको आगमनलाई स्वागत गरेका छन ।
राप्रपाका प्रभावशाली युवा नेता तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बर्दिया-२ का उम्मेदवार विनय रावल आफू अस्वस्थ भएपनि बर्दियाका जनताको स्वास्थ्य, शिक्षा, व्यवस्थित बसोबास तथा कृषि पर्यटनमा बर्दियालाई आत्मनिर्भर बनाउने अनवरत यात्रामा निस्कनुभएको छ जसको परिणामको फल गीताले 'कर्म गर्दै जाउ फलको आशा नगर' भने जसरी रावलले पाउनुहुने नै छ ।
समृद्ध बर्दियाको उहाँको सपनालाई साकार बनाउन बर्दियाका जनताको साथ खोजिरहनुभएको छ युवा नेता विनय रावलले । समाजसेवाबाट बर्दियाकै अग्रजहरूको सुझाव र दबाबमा राजनीतिमा होमिनुभएका समाजसेवी युवा नेता रावल आफ्नो क्षेत्रको विकास र बर्दियाली जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ; "भ्रष्टाचार गरेर खानु, आमाको रगत खानुसरह हो तथा भोट किनबेच गर्नु आफ्नै चेलीबेटी बेच्नु सरह हो" भन्ने मान्यता राख्दै चुनावी मैदानमा उत्रनुभएको छ ।
नेपाल कागजसँग कुरा गर्दै नेता रावलले भन्नुभयो, "समृद्ध बर्दिया हेर्न चाहने बर्दियाली जनताको म साझा उम्मेदवार हो, सम्भावनै-सम्भावनाले भरिएको बर्दिया हेर्न चाहने बर्दियालीको म साझा उम्मेदवार हो, बर्दियाली जनताको मुहारमा मुस्कान हेर्न चाहनेहरूको म साझा उम्मेदवार हो, बर्दियाली जनताको घरबाट गरिबिलाई सदाको लागि अन्त्य गर्नुपर्छ भन्ने सोंच राख्ने बर्दियालीहरूको म साझा उम्मेदवार हो, त्यसैले म बर्दियाली जनताको एक र एक मात्र साझा उम्मेदवार हुँँ भन्ने घोषणा गर्दछु ।"
हेर्नुहोस् राप्रपाका प्रभावशाली युवा नेता तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बर्दिया-२ का उम्मेदवार विनय रावलले बर्दियाको विकासको लागि अगाडि सारेका आफ्ना मुख्य भिजन भित्रका बुँदागत एजेण्डाहरू ...
भिडियो हेर्न यहाँँ थिच्नुहोस्