कृष्ण गिरी , नवलपरासी । पश्चिम नवलपरासीमा नेकपा एमालेबाट प्रतिनिधिसभा १ ख, का उम्मेदवार दिपक राज शर्मा जनताको बिचमा गएर जनताको समस्या बुझ्ने र समाधानका उपायहरूका बारेमा छलफल गर्ने स्वभावका कारण लोकप्रियता हाँसिल गरिरहनुभएको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा घरदैलो कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढाएको नेता शर्माको भनाइ छ । नेता दिपक राज शर्मा नेता कार्यकर्ताहरूका साथमा अहिले मतदाताको घरदैलोमा गएर जनताको पिरमर्का बुझिरहनुभएको छ ।
घरदैलोसँगै जनताको समस्या पनि बुझ्दै आएको प्रतिनिधि सभा पदका प्रत्यासी नेता शर्माले बताउनुभयो ।
घरदैलोमा भोट माग्ने मात्र नभएर जनताको समस्या बारे जानकारी लिने गरेको नेता शर्माले जानकारी दिनुभयो ।
अहिले जनताको समस्याको बारेमा जानकारी लिएको र निर्वाचित भएपछि समस्या सामाधान गर्ने शर्माले बताउनुभयो ।
भ्रष्टाचारलाई न्यूनिकरण गर्ने मात्र नभई जरैदेखि निर्मूल गर्ने प्रतिबद्धता सहित आफुहरु चुनावी मैदानमा होमीएको उहाँले बताउनुभयो।
किसानकाे समस्या, शिक्षा, कृषि तथा रोजगारलाई मध्यनजर गर्दै निर्वाचानमा आएको शर्माको भनाइ छ ।
नवलपरासी १ का मतदाताहरूको समस्या समाधान गर्न सक्ने आफुमा क्षमता भएको र बहाना बनाएर जनतालाई नझुक्काउने तथा नझुलाउने प्रतिबद्धता ब्यक्त गर्दै उहाँले निर्धक्क भएर आफुलाई मतदान गर्न आम मतदातासँग आग्रह गर्नुभएको छ ।