बर्दिया । बर्दियामा अहिले पुनः चुनावी माहोल तातेको छ । दसैँ तिहार सकिए लगत्तै पुनः देश निर्वाचनमय भएको छ । यही निर्वाचनमय माहोल बर्दियामा पनि सुरु भएको छ । विशेषतः बर्दियाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ लाई अहिले चासोको रुपमा हेरिएको छ । यसको कारण भनेको समाजसेवी तथा युवा नेता विनय रावल हुनुहुन्छ ।
उहाँको 'भिजन' विकसित र व्यवस्थित बर्दियालाई मतदाताले रुचाएका त थिए नै झनै अहिले उहाँले जनताको घरघरमा गएर बर्दियाली जनतासँगको मित्रता कदापि तोड्ने छैन भन्दै फिल्म 'शोले' को गीत गाउँदै जनतामाझ आफ्नो भावनालाई लम्पसार पारिदिँदा मतदाताहरूले निकै चासो र भावनात्मक तरिकाले मन र मस्तिष्क मात्र नभएर मुटुमै उतारेका छन ।
उहाँले जब बर्दिया र बर्दियाली जनतासँगको आफ्नो अटुट आस्था र प्रेमलाई उजागर गर्न किशोर कुमारको आवाजमा रहेको ‘ए दोस्ती हम नहीँ तोडेंगे’ बोलको गीत गाएर जनतासँग मत मागे पछि मतदाता समेत हौसिएका छन भने राप्रपाका युवा नेता रावलको यो शैलीबाट प्रभावित समेत भएका छन ।
बर्दियाली मतदाता अहिले रावलको नजिक हुँदै गइरहेको मधुर छनकको भान तब हुन्छ जब उहाँले आफ्नो बर्दियासँगको नातालाई गीत मार्फत व्याख्यात्मक बयान गर्दै मृदुभाषी शैलीमा "ए दोस्ती हम नहीँ तोडेंगे, तोडेंगे दम मगर तेरा साथ नहिँ छोडेंगे" गाउँछन ।
शिवको ताण्डवबाट निस्किएको नटराजको डमरुको ध्वनिको ढवाङ्ग ढवाङ्गले जसरी अहिले समाजसेवी राप्रपाका युवा नेता रावलको यो शैलीबाट मतदाताको चित्रभित्रको अवचैतन्य मस्तिष्क र मुटु चैतन्य भएर बाहिर आगाज र विद्रोह गरिरहेको आभास बर्दियाका मतदाता मात्र नभएर नेता कार्यकर्तालाई समेत भइसकेको अवस्था छ ।
खुट्टामा चोट, मनमा बर्दियाको विकास, मस्तिष्कमा बर्दियालीको जीवनशैली परिवर्तन गर्ने चट्टान रूपी नहट्ने नलड्ने आत्मविश्वास, यिनै लक्षणहरूले विनय रावललाई विलक्षण प्रतिभाको बहुआयामिक, बहुप्रतिभाशाली, बहुपक्षीय तथा बहुमतको बहुमुखी दूरदर्शिता भएको तेजस्वी नेता बनाएको छनक उहाँको नडगमगाएको तर चोटले ग्रस्त प्रत्यक कदमले हुङ्कारका साथ गीत मार्फत चिच्याइ चिच्याइ भनिरहेको छ । "ए दोस्ती हम नहीँ तोडेंगे, तोडेंगे दम मगर तेरा साथ नहिँ छोडेंगे" अर्थात ज्यान जाला तर बर्दियालीसँंगको नाता तोड्ने छैन र बर्दियाको साथ कदापि छाड्ने छैन ।
हेर्नुहोस् भिडियो