बर्दिया । युवा नेता जन्मजय तिमल्सिनाले वाम-लोकतान्त्रिक गठबन्धनलाई विश्वास र भरोसा गरेमा बर्दियाली जनतालाई निराशामा पार्ने काम जीवनमा आफूले नगर्ने उद्घोष गर्नुभएको छ ।
बर्दिया निर्वाचन क्षेत्र नं.-२ प्रदेश (क) प्रदेश सभा सदस्य वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जन्मजय तिमिल्सिनाले गठबन्धनलाई विश्वास र भरोसा गरेर मतदान गर्न अपिल गर्दै बर्दियालीको लागि आफ्नो जीवन उत्सर्ग गर्ने अभिव्यक्ती दिनुभएको छ ।
मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नं.-२ प्रदेश (क) बाट वाम-लोकतान्त्रिक गठबन्धनका तर्फ नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका तिमल्सिनाले नेपाल कागजसँग कुरा गर्दै बर्दियाली जानताको सर्वाङ्गीण विकास आफ्नो जीवनको लक्ष्य रहेको बताउनुभयो ।
तिनै वाम-लोकतान्त्रिक गठ-बन्धन उम्मेदवार जन्मजय तिमिल्सिनासँग नेपाल कागज प्रतिनिधिद्वय सन्दिप नाथ योगी र बर्दिया संवाददाता हरी गुरुङले गरेको साक्षात्कारको सम्पादित अंश....
(१) तपाईं वाम-लोकतान्त्रिक गठबन्धनको उम्मेदवार हुनुहुन्छ, तपाईंले विजय हासिल गरेमा यहाँका जनताको बारेमा के सोच, विचार र कार्यक्रम छ अलिकति प्रकाश पारिदिनुस् ?
जन्मजय तिमिल्सिना :- मैले बर्दिया निर्वाचन क्षेत्र नं.-२ प्रदेश (क) बाट उम्मेदवारी दिएको छु ।
पार्टी, गठनबन्धनले मलाई विश्वास गर्यो, त्यसकारण मैले जिम्मेवारी लिएर आएको हुँ । कहिले काहीँ मेरो शिर निहुरिन सक्छ तर जनताको शिर कहिल्यै कदापी निहुरिन दिनेछैन । यहाँका जनता मेरो अभिभावक बुद्धिजीवी, मजदुर, मुक्त कमैया, किसान, युवा भाइबहिनी लगायतको कहिले पनि शिर झुक्ने काम गर्ने छैन । उहाँहरूलाई उच्च शिरमा राखेर जनताको काम कटिबद्ध भएर गर्नेछु र जिम्मेवार भएर प्रस्तुत हुनेछु । अठोटका साथ म मेरो उम्मेदवारी दिन र चुनाव लड्न आएको हुँ । त्यसैले म के आग्रह गर्न चाहन्छु भने भोलि निर्वाचनमा निर्वाचित भै सकेपछि यहाँ धेरै समस्याहरू छ्न । ती समाधान गर्नु मेरो पहिलो प्राथमिकता र अन्तिम गन्तव्य हो ।
अहिलेको परिस्थितिमा जनताका बिचमा जनताले देख्ने गरि त्यस्ता खाले विकास गर्न जरुरी छ । बर्दिया आँफैमा सम्भावना नै सम्भावनाको खानी हो । त्यो खानीको खनन गरेर म बर्दियाको विकासमा ज्यान समर्पित गर्न चाहन्छु । मैले त्यस्तो विकास गर्ने चाह र आत्मविश्वासका साथ अगाडि बढेको छु । तसर्थ मलाई बर्दियालीले एउटा मौका दिनुहुनेछ भन्नेमा विश्वस्त छु । पहिले मैले थुप्रै काम गरेर देखाएको छु । हिजोको दिनमा यहाँका साथीहरूसँग सहकार्य गरेर मैले काम गरेको छु । मेरो प्रतिबद्धता के छ भने म निर्वाचित भइसकेपछि के के विकास गर्ने त? थुप्रै विकास गर्न बाँकी छ्न म अहिले नै यस प्रदेशलाई स्विट्जरल्याण्ड, सुनको चिडिया बनाई दिन्छु भनेर जनताको मानसपाटलमा गलत धारणा प्रष्पुठित गर्न चाहन्न तर यती भने म गर्छु र निर्भयका साथ भन्छु यहाँँका जनताको सुख दु:ख र उनिहरुको जीवनस्तरमा आमुल परिवर्तन ल्याएर देखाउने अभिलाषा बोकेको छु । विकास भनेको क्रमिक रुपमा हुने कुरा हो विकासका योजना म सङ्ग छन् । पर्यटन प्रवर्धन, कृषिमा आधुनिकरण, समानुपातिक र सस्टनेबल विकास मेरो अन्तरमनको अभिलाषा हो ।
त्यसलाई कसरी व्यवस्थापन गर्ने, बाहिय, आन्तरिक पर्यटन कसरी भित्र्याउने वा आकर्षित गर्ने योजना मसंग छन । त्यस्तै बर्दिया मधुवनमा झन ठूलो जंगली जनावरको समस्या छ । जंगली जनावरबाट मानवलाई कसरी सुरक्षित गर्ने भन्ने ठूलो चुनौती पनि छ । जंगली जनावरलाई पनि सुरक्षा गर्न राष्ट्रका लागी जरुरी छ त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने झन समस्या बनेको छ र त्यसलाई पनि व्यवस्थापन गर्नुपर्छ । तर मानव जीवन भन्दा ठूलो कुरा केही पनि छैन । मुक्त कमैयाको समस्या पनि छ लालपुर्जा पाएको छ जग्गा पाएको छैन, अर्को समस्या नदी ब्यवस्थापनमा छ । त्यो पनि मेरो दिर्घकालिन योजनामा छ ।
त्यसैगरी शिक्षा स्वास्थ्यलाई हामीले कसरी सम्बोधन गर्ने भन्ने रोडम्याप तयार परेका छौँ । हेर्नुहोस् गिट्टी कुट्ने गरीबको छोरालाई कसरी शिक्षा र स्वास्थ्यमा जोड्ने भन्ने आजको आवश्यकता हो । किनभने आँखा खोली दिने शिक्षाले हो । समाजलाई परिवर्तन गर्न शिक्षा आवश्यक छ । शिक्षामा नेपथ्यमा रहेका पहुँच नभएकालाई म शिक्षाको मुलधारमा ल्याउन चाहन्छु ।
म यी काम गर्न प्रतिबद्ध छु त्यसैले आग्रह गर्न चाहन्छु प्रदेश (क) लाई विकसित समृद्धिशाली बनाउन यहाँका जनताको साथ र सहयोग आजको आवश्यकता हो भन्ने मैले ठानेको छु । यी समग्र कुरालाई अगाडि बढाएमा जनताको अगाडि कहिले पनि शिर झुकाउन पर्नेछैन । विपन्न वर्गका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउनु मेरो सबैभन्दा ठुलो सपना छ र मैले विजय हाँसिल गरेमा यसलाई म पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नेछु । अर्को समस्या छ किसानले सिमाबाट एक बोरा रासायनिक मल ल्याउदा प्रहरी प्रशासनले रोक्छ । यसले किसानलाई मार परेको छ । एक बोरा रासायनिक मल खेतमा हाल्यो भने किसानले बढी उत्पादन गर्न सक्छ भने हामीले समयमा रासायनिक मल उन्नत बीउ विजन उपलब्ध गराउन सक्नुपर्छ तर हाम्रो बिगतका जनप्रतिनिधिले सकेका छैनन, यसमा म पहलकदमी लिनेछु । यहाँको समुदाय मेरो आदरणीय हुनुहुन्छ । म उहाँको समस्यालाई आफ्नो बनाएर अगाडि बढ्ने छु । अभिभावक, मतदाता ज्युहरुको शिर झुकाउने काम कहिल्यै गर्ने छैन । आफ्नो शिर निहुराएर भएपनी यहाँको समुदायको शिर ठाडो पारेर काम गर्ने छु र शिक्षक, मजदुर, किसान, आदिवासी जनजाती, दलित र युवा सबैलाई समेटेर अगाडि बढ्नु नै मेरो रोडम्याप हो । क्षेत्र नं.-२ प्रदेश (क) लाई समृद्ध बनाउन म अहोरात्र कटिबद्ध भएर लाग्नेछु ।
दोस्रो प्रश्न- तपाईं पनि निर्वाचनमा होमिनु भएको छ यस क्षेत्रका युवाहरु रोजगार नपाएर खाडी मुलुकको ५०/५५ डिग्रीको प्रचण्ड गर्मी तापमा काम गरेरहेका छ्न अब भन्नुस तपाईं निर्वाचित भएपछि युवाका लागी ५ बर्षमा के काम गरेर देखाउनु हुनेछ ?
जन्मजय तिमिल्सिना :- नेपालको तथ्यांक हेर्ने हो भने दक्ष जनशक्ति खाडी मुलुक पलायन भएका छ्न नेपालमा आफ्नो भविस्य नदेखेर युवाहरू विदेशिनु परेको तितो सत्य छ । यो लुकाएर नलुक्ने, मेटाएर नमेटिने तथ्यगत सत्य हो ।
युवाहरूलाई स्वरोजगार बनाउन यस क्षेत्रमा कम्तीमा पनि २/४ वटा ठुला उधोग भित्र्याउन जरुरी छ । अब वाम-लोकतान्त्रिक गठबन्धनलाई हातेमालो गरेर हाम्रो राजनैतिक सोच र राज्यलाई कसरी अगाडि बढाउने र सविधानलाई कसरी बचाउने साथै नेपाललाई विकसित, समृद्धिशाली कसरी बनाउने भन्ने कुरा युवाहरूले बुझ्न जरुरी छ । त्यसका लागि मैले आफ्नो क्षेत्रमा उधोग भित्र्याउनु पर्ने हुन्छ । उधोग भित्रिएमा यहाँँका मेरा दाजुभाइ दिदिबहिनी ५०-६० डिग्रीको घाममा काम गर्न जानुपर्ने छैन । तसर्थ मलाई मौका दिनुहोस् । मैले ५ वर्षमा यहाँँको विकास कसरी गर्नसकिन्छ भन्ने भिजन सहितको कार्यक्रम ल्याएर देखाउनेछु ।
अन्तिम प्रश्न नेपाल कागज पत्रीका मार्फत यस क्षेत्र वा प्रदेश (क) का जनतालाई के भन्न चाहनुहुन्छ ?
जन्मजय तिमिल्सिना :-सर्वप्रथम म यहाँका मतदाताहरुलाई हार्दिक अपिल गर्न चाहन्छु कि वाम-लोकतान्त्रिक गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारको हैसियतले ८१ हजार ६ सय २९ मतदाताका सबैको घर आँगनमा जान नसकेता पनि म तपाईंंहरुको छोरा हुँँ । मलाई एक पटक विश्वास गरेर हेर्नुहोस् । जन्मजय तँपाइको छोरा हो, दाई हो भाई हो, विकासको कार्यमा एउटा ईट्टा थप्ने काम जन्मजयले गर्नेछ । मेरो अपिल छ मलाई एक पटक मौका दिनुहोस्, म गरेर देखाउने छु । मेरो शिष झुक्ला तर बर्दियालीको शिश झुक्न दिनेछैन । यो मेरो प्र्तिज्ञा हो ।
यो वाम-लोकतान्त्रिक गठ-बन्धन केन्द्रिय कार्यसमितिले बनाएको हो । हामीले रहरले गठबन्धन गरेको हैन । हामी पार्टीका इमानदार सिपाहीको नाताले गठबन्धनलाई अगाडि बढाएर विकसित मत दिनुहोस् । प्रदेश (क) लाई बढी भन्दा बढी समृद्धि प्रदेश कसरी बनाउने भन्ने कुरामा मेरो विशेष ध्यानाकर्षण रहेको छ । तपाईंहरुले यो गठबन्धनलाई विश्वास गर्नुस् हामीले कहिले पनि शिर निहुराउने काम गर्ने छैनौं ।
यस प्रदेशको रुपरङ्ग परिवर्तन गर्ने छौं र हामी कोशेढुङ्गा साबित हुने छौं । हाम्रा त्रुटी होलान तर त्रुटीलाई सच्याउने मौका दिनुहोस् । यहाँ धेरै समस्या छन ति समस्याको निराकरण गर्न हामीलाई विश्वास गर्न जरुरी छ । हामी जति चिच्याए कराए पनि जनतालाई विश्वास लाग्छ लाग्दैन । हाम्रो निधारमा लेखेको छैन नि । भोलि जसरी यहाँका मतदाताले हामीलाई मत दिएर सम्मान गर्नुहुनेछ, त्यो एक एक मतको पत्रा पत्रालाई शिरोधार्य गर्दै मतदाताको जीवनमा आमुल परिवर्तन ल्याउन म आफ्नो ज्यान समर्पित गर्न पनि तयार छु ।
गठबन्धन मात्रै हैन अरु राजनैतिक दलका साथीहरूले पनि जन्मजय तिमिल्सिना क्षमतावान ब्यक्ति हो भनेर यो ठाउँमा मेरो छुट्टै पहिचान स्थापित छ । हाम्रो वाम-लोकतान्त्रिक गठबन्धन संघीय उम्मेदवार सुरेश पन्थ पनि विकासप्रेमी नेता हो । मेरो राजनैतिक यात्रा ३३ बर्ष पुगेको छ । आज नेपाली कांग्रेस पार्टी र वाम-लोकतान्त्रिक गठनबन्धनले मेरो मुल्यांकन गर्यो र टिकट दियो ।
हामीलाई मतदाताले मत दिएर विजय प्राप्त गराएमा ५ बर्षमा जनताले देख्ने गरि काम गर्ने छौ जन्मजय तिमिल्सिनाले असफल हुने काम गर्ने छैन यो मेरो प्रतिबद्धता हो । म किसानको छोरा हुँ हलो जोत्नेको छोरा हुँ । मैले धेरै काम गर्नुछ । मलाई विश्वास छ मतदाताले धेरै मतले मलाई निर्वाचित गर्नु हुनेछ ।
जनताको भारी म सहजरुपले बोक्नेछु । मेरो सबैमा अनुरोध वाम-लोकतान्त्रिक गठबन्धनलाई विश्वास र भरोसा गर्नुस् तपाईंहरुलाई निराश पार्ने काम जिवनमा हुने छैन मेरो प्रतिबद्धता भयो साथै मेरो आफ्नो कुरा नेपाल कागज पत्रीका मार्फत मतदातासम्म पुर्याइदिनुहोस् । यस पत्रीकाको प्रगतिको कामना गर्दछु र जुन दिन मैले जनताको छोरो भएर काम गर्न सक्नेछैन, त्यो दिन तँपाइहरू आएर मलाई प्रश्न गर्नुहोला । सोध्नुहोला, मैले जनताको काम गरेकी गरेन भनेर । त्यसै बखत तपाईंंले थाहा पाउनुहुनेछ मैले जनताको शिष निहुराउने काम गरेकी शिर ठाडो पार्ने ? त्यसैबेला तपाईंंले उत्तर मेरो कामबाट पाउनुहुनेछ ।