सन्दिप नाथ योगी, बर्दिया । बर्दिया जिल्लामा शान्ति पुर्वक मतदान सम्पन्न भएको छ । बिहान ७ बजे देखि छिटपुट बिबाद भएतापनि प्रमुख जिल्ला अधिकारी बन्धु प्रशाद बास्तोलाले सर्वदलीय बैठकबाट सहमति गराएर त्यस्ता सामान्य विवाद साम्य पार्नुभएको छ ।
त्यस्तै मतदाताहरूले पनि सामान्य, सरल र भयमुक्त भएर मतदान गरेको नेपाल कागजसँग प्रत्यक्ष प्रशारणमा बताउनुभयो ।
गुलरिया नगरपालिका वडा नम्बर ६ निवासी श्रीधर गोराथोकीले शान्ति सुरक्षामा बर्दियाका सुरक्षाकर्मीले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्नुभयो, 'मतदान गर्न जाँदा प्राय हुलहुज्जत भएको अनुभव गरेको छु तर यसपाली न लाइन बस्नुपर्यो, न कसैको खप्कि खानुपर्यो, यो पटक सम्मानपुर्वक निर्धक्कका साथ आफ्नो अमुल्य मत हालेर आएको छु ।
गुलरिया नगरपालिकाका आमिर हुसेनले भयरहित र सुव्यवस्थित ढंगले मतदान गर्न पाएको बताउनुभयो ।
त्यस्तै ७० वर्षीया यम कुमारी पाण्डेले पनि आफुलाई सुव्यवस्थाका साथ सुरक्षाकर्मीहरुले मतदान स्थलसम्म सम्मानित ढंगले लगेर सहयोग गरेको बताउनुभयो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्त्तोलाका अनुसार शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको छ । सानातिना बिबाद आएपनि ति बिबादको निराकरण गरिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता हिक्मत बहादुर बोहराले ब्यापक रुपमा पहरी परिचालन गरिएको तथा निर्वाचन स्थल सुरक्षार्थ विशेष तालिम प्राप्त प्रहरी टोली परिचालन गरिएको जनाउनुभयो ।
त्यस्तै सशस्त्र प्रहरी बल बर्दियाका सुचना अधिकारी शंकफ तिवारीले ब्यापक रुपमा सशस्त्र प्रहरी परिचालन गरिएको तथा निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको बताउनुभयो ।
यता नेपाली सेना बर्दियालाई सम्पर्क गर्दा सेनाका अधिकारीहरू बोल्न मानेनन । जनताको शान्ति सुरक्षामा सेनाको भुमिका महत्वपूर्ण भएपनि पत्रकारलाई सुचना लुकाउन तथा सुचना नदिन खोज्नु नेपाली सेना पारदर्शि छैन र मिडिया मैत्री छैन भन्ने प्रतिबिम्बात्मक चरित्र उदांगो भएको उदाहरण हो यो ।
यता बर्दियाको गुलरिया–२ स्थित शम्भुशरण मावि मदतान केन्द्र नजिक बम विस्फोट भएको छ । मदतान केन्द्र नजिक बम विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा मत दिन आएका मत्दाताहरूको भागाभाग भएको थियो ।
उक्त मतदान केन्द्रमा करिब ३५ देखी ४० जना जती मतदान गराउन खटिएका कर्मचारी थिए ।
शम्भुशरण मावि मदतान केन्द्रको पश्चिम् तिर बम बिष्फोट भएपछि सुरक्षाकर्मीहरूले मतदान केन्द्रमा खटिएका कर्मचारीहरूलाई भुइँमा सुत्न तथा आड लेर बस्न भनेको सोही शम्भुशरण मावि मदतान केन्द्रका एक कर्मचारीले बताए ।
बम बिस्फोट भएपछि एउटा ठुलो फलामको डल्लो उडेर मतदान केन्द्रमा खसेको थियो ।
बम विस्फोट भएपछि करिब २ घण्टा मतदान स्थगित भएको थियो ।
त्यस्तै बर्दियाको विभिन्न चार ठाउँमा पनि बम जस्ता वस्तुहरु फेला परेका थिए । नेपाली सेनाको टोलीले ती वस्तुहरुलाई निष्कृय पारेको छ ।
सशस्त्र प्रहरी बर्दियाको प्रमुखको रुपमा जहर सिंह बुढा मगरले कमाण्ड सम्हाले यता सीमावर्ती क्षेत्रमा हुने अपराधमा कमी आएको छ । आफ्नै संगठनमा उनलाई इमान्दार र हक्की स्वभावका प्रहरी अधीकारीको रुपमा हेर्ने गरिन्छ । उनी आए लगत्तै राजस्वमा ब्रिद्धी भएको छ भने अबैध काठको ब्यापार पूर्ण रुपमा बन्द भएको छ । बर्दियाका २ नम्बरी धन्दामा रमाउनेहारू एसपी जहर सिंह बुढा मगरको सरुवा गराउन चाहन्छन । बर्दियाका सम्पूर्ण सुरक्षा निकायको आपसी समन्वयमा निर्वाचन भयरहित र निस्पक्ष ढंगले सम्पन्न भएको छ ।