मनसुन शुरु हुन लागेकोले सचेत र सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय बर्दियाको सार्वजनिक सुचना
बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सार्वजनिक सुचना जारी गर्दै मनसुन शुरु हुन लागेकोले सचेत र सुरक्षित रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको सुचना जारी गरेपछि यस्ले बाढि, पहिरो, डुवानको समस्या ल्याउन सक्ने भन्दै सुरक्षित रहन प्रशासनले आग्रह गरेको हो । सुचनामा बर्दिया राष्ट्रिय निकुञ्ज तथा सिमावर्ति वन क्षेत्रबाट आहाराको खोजीमा बाघ/हात्ती निकुञ्ज नजिकको सडक तथा मध्यवर्ती क्षेत्रमा आवतजावत गर्ने र मानवीय क्षति समेत पुर्याउन सक्ने भएकोले आफु,आफ्नो परिवार र गाउँ बस्तिलाई सुरक्षीत राख्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सबैमा अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले सार्वजनिक सुचना जारी गर्दै यस्तो अनुरोध गरेको छ ।
(१)वनक्षेत्रमा प्रवेश नगर्ने/सडकबाट आवागमन गर्दा रात्रिको समयमा तथा एक्लै यात्रा नगर्ने
(२) बाघ/हात्ति आक्रमणले मानवीय क्षति हुने क्रम बढेकोले यसबाट बच्न वन, राष्ट्रिय निकुञ्ज आदि क्षेत्र नजिक बस्ने आमनागरिकहरु सचेत तथा सुरक्षीत रहने।
(३)बर्षायामको शुरूवात सङ्गै जंगलमा पाईने जंगली च्याउ र पहिचान नभएका सागपात नखाने।
(४)हावाहुरी चट्याङबाट बच्न उक्त समय सुरक्षीत तरिकाले घरभित्रै बस्ने।
(५)मनसुन पुर्वसुचना प्रणालीबाट प्राप्त हुने सन्देश SMS,साइरन र माईकिङ्ग आदिबाट प्राप्त जोखिमको सूचना बमोजिम तयारी गर्ने।यस्तो अवस्थामा आवश्यक पर्ने सम्पर्क नं. आफ्नो घर नजिक सुरक्षीत स्थान र आश्रयस्थल सम्बन्धि जानकारी प्रत्येक घरमा सबैले देख्ने स्थानमा राख्ने,टास्ने र लेख्ने
(६)कर्णाली,भादा,ओराहि,बबई,बुढिकुला लगायतका नदि खोलानाला तथा तालपोखरिमा काठदाउरा समात्न माछा मार्न लगायत विभिन्न बाहानामा जथाभावी नपस्ने।
(७)आफ्नो स्थानमा के-के प्रकोपको जोखिम कुन हदसम्म छ भन्ने बिषयमा एफ.एम.,रेडियो ,टेलिभिजन ,पत्रपत्रिका र सामाजिक संजाल लगायत विभिन्न संचार माध्यमबाट जानकारी लिने।
(८)बिपदको जोखिम रहेको क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले आफुसंङ्ग रहेको खानेकुरा, औषधि र सरसफाइ जस्ता अत्यावश्यक सामाग्रीहरु स्थातान्तरण गर्न मिल्ने गरि झटपट झोलामा तयारी अवस्थामा राख्ने।
(९)बिक्री बितरण गर्न वा घर पर्खाल लगायत भौतिक संरचना निर्माण गर्न ल्याएका छ्ड,गिट्टीबालुवा, ढुङ्गा र ईट्टा आदि निर्माण सामाग्रीहरु सडक किनारा पेटिमा नराख्ने।
(१०)कोभोड-१९ को महामारी अझै पनि कायमै रहेकोले नेपाल सरकारले तोकेको सबै मापदण्ड पुर्ण रूपमा पालना गर्ने।
(११)लामखुट्टेबाट बच्न झुल टांगेर सुत्ने लगायतका सुरक्षाका उपायहरू अपनाउने ।
(१२)बिषालु सर्पको टोकाइबाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउने सर्पले टोकेमा सर्पदंश उपचार केन्द्र वा अस्पतालमा पुर्याउने ब्यवस्था मिलाउने।
(१३)बिपदको समयमा बालबालिका, ज्येष्ठनागरिक,अशक्त भएका ब्याक्तीहरु र गर्भवती महिलाहरुलाई बिशेष ध्यान पुर्याउने।
(१४)कुनै पनि बिपदको घटना घटेको वा घट्ने सक्ने सम्भावना वा सूचना प्राप्त भएमा तत्काल नजिकको सुरक्षा निकाय स्थानीय तह वा ०८४-४२०९९९ DEOC वा १००( नेपाल प्रहरी ) मा सम्पर्क गर्ने