अनोज थारू, हरि गुरुङ, बाँके (कोहलपुर) । बालबालिकाको उज्ज्वल भविष्य बनाउनु बाबुआमाको प्रथम तथा प्राथमिक दायित्व हो । बाबुआमाहरूलाई आफ्ना साना नानीबाबुलाई कहाँ कुन मन्टेश्वरीमा पठाउने भन्ने कौतुहलता तथा पिरलोले गाँजेको हुन्छ ।
अभिभावकहरूको त्यही कौतुहलता र पिरलोलाई मेट्न २०७५ साल देखि कोहलपुर नगरपालिका वडा नं.४ किरण खोला नजिक सेवा दिँदै आएको बेबी व्लुम मन्टेश्वरी स्कुल तथा मन्टेश्वरी तालिम केन्द्रले उच्च स्तरको सेवा दिँदै आएको छ ।
साना साना नानीबाबुहरूलाई बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा योगदान र अन्तर्राष्ट्रिय पद्धति अनुसारको सेवा दिनमा अब्बल साबित भएको छ बेबी व्लुम मन्टेश्वरी स्कुल, कोहलपुर।
यो मन्टेश्वरी स्कुलले नानीबाबुहरूलाई इटालीमा जन्मिएकी मारिया मन्टेश्वरीको विधि अनुसार बालबालिकाहरूलाई पारिवारिक वातावरणमा खाँदै-खेल्दै, नाच्दैगाउँदै, सिक्दै र रमाइला शिक्षण सामाग्रीहरूको प्रयोग गरेर बालबालिकाको रुचि अनुसार सिक्न सक्षम बनाउन आधुनिक तरिकाहरू अवलम्बन गरी शिक्षा दिइने हुँदा कोहलपुरका अभिभावकहरू यस मन्टेश्वरी स्कुल प्रति आकर्षित हुँदै गएका छन् ।
बेबी व्लुम मन्टेश्वरी स्कुल तथा तालिम केन्द्रकी सञ्चालिका तथा प्रिन्सिपल कल्पना पौडेलले नेपाल कागजसँग कुरा गर्दै भन्नुभयो, "आजका बालबालिकाहरू भविष्यका कर्णधार र देशका मेरुदण्ड हुन । सानो छँदा उनीहरूको बाल मनोविज्ञानलाई राम्रोसँग बुझेर व्यवहारिक शिक्षा दिई अब्बल बनाई असल व्यवहारमा उतारेमा उनीहरूको आउने भविष्य सुनिश्चित तथा गतिशील हुन्छ ।"
त्यस्तै उहाँले अगाडि भन्नुभयो, "त्यति मात्र होइन हामी बालबालिकाहरूलाई बाल मनोविज्ञानका आधारमा गतिशील बाल विशेषज्ञको सुझाव अनुसारको पठनपाठन, विभिन्न अतिरिक्त क्रियाकलापहरूमा जोड र हाम्रो समाज अनुसारको असल संस्कार दिन्छौँ । हामीले बाबुआमाहरूलाई समेत आफ्ना नानीबाबुहरूलाई कसरी घरमा शैक्षिक क्रियाकलापहरू गराउने भनेर शिक्षा समेत दिँदै आएका छौ ।"
बेबी व्लुम मन्टेश्वरी स्कुल तथा तालिम केन्द्रकी प्रिन्सिपल कल्पना पौडेलले पुनः भन्नुभयो, "प्रयोगात्मक तथा व्यवहारिक शिक्षा दिनको लागि हामी सदैव हाम्रा अनुभवी शिक्षिकाहरूलाई पनि समय समयमा पुर्नरताजगी तालिमहरू प्रदान गर्दै सेवा प्रवाह गरिरहेका छौ । हेर्नुस् कागजी सर्टिफिकेटले मात्रै कुनै पनि मान्छे आजको दिनमा मार्केटमा गएर सक्षम हुँदैन । किनभने यो विश्व अहिले स्मार्ट भइसकेको छ। बिल गेट्सकै बारेमा पनि यहाँलाई थाहा छ । संसारमा इतिहास रच्ने मान्छेहरू भनेका ती मान्छेहरू हुन जो सँग इच्छाशक्ति छ । जसले आउट अफ बक्स सोच्छ । तर त्यो सँगसँगै ओभरअल बालबालिकाहरूको डेभ्लोमेण्टमा हामीले जोड दिएनौ, उसको सिपमा जोड दिएनौ भने देखि हामीले उत्पादन गरेको जनशक्ति भोलि मार्केटमा सेलेवल हुँदैन । यो कुरामा बेबी व्लुम मन्टेश्वरी स्कुल तथा तालिम केन्द्र एकदमै सचेत र गम्भीर भएर शैक्षिक सेवा प्रवाह गरिरहेको छ ।"
बेबी व्लुम मन्टेश्वरी स्कुल तथा तालिम केन्द्रले १८ महिना देखी ६-७ वर्ष सम्मका बालबालिकाहरूलाई युकेजी अर्थात् प्री स्कुल सम्मका सम्पूर्ण ज्ञान र मनोवैज्ञानिक तवरले उनीहरूलाई आत्मविश्वासले भरिपूर्ण बनाउन सहयोग गर्ने गरेको प्रिन्सिपल कल्पना पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, "हामीले हाम्रो बेबी व्लुम मन्टेश्वरी स्कुल तथा तालिम केन्द्रमा रहेका साना नानीबाबुहरूलाई मन्टेश्वरी एसोसिएसन बाँकेले गर्ने हरेक प्रोग्राममा सहभागी गराउँछौँ जसका कारण सानै देखी बालबालिकाहरूमा आत्मविश्वास पैदा गर्छ भने उनीहरूलाई आत्मनिर्भर गराउँदै लुकेका छिपेका क्षमता तथा प्रतिभालाई बाहिर ल्याउन ठुलो भूमिका खेल्छ ।"
बेबी व्लुम मन्टेश्वरी स्कुलमा सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्छ भनेर सबै धर्मका चाडपर्वहरू मनाउने गरिन्छ जसले गर्दा बालबालिकामा सानै देखी धार्मिक सहिष्णुताको गुण विकसित हुन जान्छ । त्यस्तै प्रिन्सिपल कल्पना पौडेलका अनुसार कतिपय बाल विशेषज्ञको सिफारिसमा बोल्न नसकेका, घरपरिवारमा खुल्न नसकेका तथा बोल्न डराउने बालबालिकाहरू यस मन्टेश्वरीमा आएर आत्मविश्वासले भरिपूर्ण भएर गएका छन् ।
बेबी व्लुम मन्टेश्वरी स्कुल तथा तालिम केन्द्रले आफ्नो सामाजिक दायित्व पनि निभाउँदै आएको प्रिन्सिपल पौडेल बताउनुहुन्छ । प्रिन्सिपल पौडेलले भन्नुभयो, "दिन दुखी, विपन्न असहाय परिवारका ५ जना नानीबाबुहरूलाई पूर्ण छात्रवृत्ति र १० जनालाई अत्यन्तै न्यून शुल्कमा अध्यापन गराएर सामाजिक उत्तरदायित्व निभाउँदै अगाडि बढिरहेका छौँ ।"
अन्तर्राष्ट्रिय मन्टेश्वरी विधिबाट बालबालिकालाई अध्यापन गराउने बेबी व्लुम मन्टेश्वरी स्कुल तथा तालिम केन्द्रकी प्रिन्सिपल पौडेलको आफ्नै करिब १३ वर्षको एक्सपेरियन्स (अनुभव) रहेको छ भने बालबालिकाको पूर्व प्राथमिक लेभल (तह) अन्तर्गत बालबालिकाले बोल्ने नमुना शब्दकोश निर्माण सम्बन्धी थेसीस नै लेखिसक्नुभएको छ ।
आखिर के हो त मन्टेश्वरी ?
मन्टेश्वरी भनेको त्यस्तो आधुनिक शिक्षा विधि हो जहाँ विद्यार्थीहरु आत्म-निर्दे्शित अर्थात् रुचिकर गतिविधिहरुमा तल्लीन रहन्छन । सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैंले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समुहगत रुपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी हुँदै सिक्न अग्रसर रहन्छन ।
मन्टेश्वरी कक्षामा विद्यार्थीहरुले के सिक्ने भन्ने आफैं निर्धारण गर्दछन र शिक्षकले विद्यार्थीको उमेर समूहको आधारमा सोही किसिमको सहजीकरण तथा वातावरणको निर्माण गर्दछन। विद्यार्थीहरुले एक्लै वा समुहगत रुपमा विषयबस्तुको खोज, अन्वेषण गर्दै आफ्नो क्षमतालाई तिखार्दै अध्ययन गर्ने गर्दछन। परम्परागत स्कुलमा जस्तै घोकेर, रटेर नभई प्रयोगात्मक गतिबिधि मार्फत आफैं सिक्ने भएकाले विश्वभरि नै मन्टेश्वरी शिक्षा प्रख्यात छ। यो विधि मारिया मन्टेश्वरीले प्रयोग गरेर अत्यन्त सफल बने पछि संसार भरि सिकाइमा यसको प्रयोग गरिन थालियो ।
परम्परागत सिकाइ र मन्टेश्वरी शिक्षामा भिन्नता
* मन्टेश्वरी स्कुलमा बालबालिकाको व्यक्तिगत आवश्यकतालाई मध्यनजर गरेर सोही किसिमको वातावरण तयार गरिन्छ । विद्यार्थी केन्द्रित सिकाइलाई अवलम्बन गरिन्छ । विद्यार्थीको रुचि केमा छ त्यही अनुसार शिक्षकले वातावरण तयार गर्छ। तर, परम्परागत स्कुलमा शिक्षक केन्द्रित विधि लागू गरिन्छ । विद्यार्थीले के सिक्ने भन्ने शिक्षकको मनस्थितिमा भर पर्छ ।
* मन्टेश्वरी कक्षाकोठामा बालबालिकाले आफ्नो रुचिअनुसारको विषयमा कक्षाकोठामै भएका सामाग्रीहरु खेलेर, चलाएर, छोएर जानकारी प्राप्त गर्छन अनि सिक्छन । तर, परम्परागत स्कुलमा शिक्षकले बोलेको कुरा निष्क्रिय भएर सुन्ने, घोक्ने, स्मरण गर्ने र त्यही कुराको मूल्यांकन गर्न परिक्षा लिने गरिन्छ ।
* मन्टेश्वरी कक्षाकोठामा बालबालिकालाई रुचि लागेको विषयमा खेल्न, खोज्न, अध्ययन गर्न पर्याप्त समय दिइन्छ, ताकि उनीहरु विषयबस्तुको गहिराइमा पुग्न सकून । तर परम्परागत स्कुलमा कुनै पनि विषय पढ्न निश्चित समय छुट्याइएको हुन्छ । रुटिन बनाइन्छ र सोही अनुसार गर्न दबाब दिइन्छ।
* मन्टेश्वरी स्कुलमा शिक्षकले प्रत्येक बालबालिकाको व्यक्तिगत क्षमता पहिचान गरेर फरक फरक शैलीले सिक्न प्रेरित गरिन्छ तर परम्परागत स्कुलमा सबै खाले क्षमता भएका विध्यार्थीलाई एकै ठाउँमा राखेर, एकै विधिले पढाइन्छ ।
* मन्टेश्वरी पाठ्यक्रम बालबालिकाको रुचि र आवश्यकता अनुसार तर्जुमा गरिन्छ, तर परम्परागत पाठ्यक्रम पूर्वनिर्धारित हुन्छ, बालबालिकाको रुचि र आवश्यकतालाई ख्याल गरिदैन ।
* मन्टेश्वरी कक्षाकोठामा एक अर्कासंग प्रतिष्पर्धा गराइदैन । प्रत्येक बालबालिकाको आफ्नै क्षमता हुने भएकाले उनीहरुलाई अझ राम्रो गर्न प्रोत्साहन गरिन्छ तर परम्परागत स्कुलमा सबै विध्यार्थीलाई एउटा तराजुमा राखेर जोख्न खोजिन्छ ।
* मन्टेश्वरी शिक्षकले बालबालिकामा आफैं सिक्न खोज्ने, अध्ययन गर्न खोज्ने उत्सुकता हुने कुरामा विस्वास गरेका हुन्छन तर परम्परागत स्कुलमा विद्यार्थीलाई पढ्न बाध्य बनाइन्छ ।
मन्टेश्वरी पाठ्यक्रम
मन्टेश्वरी पाठ्यक्रम बालबालिकाको चौतर्फी विकासलाई टेवा पुग्ने गरी तयार परिएको हुन्छ । परम्परागत पाठ्यक्रमको ठीक विपरीत बालबालिकाको रुचि अनिसार नै मन्टेश्वरी पाठ्यक्रम तय गरिएका हुन्छन । विशेषत पिएलई, सेन्साेरियल लर्निङ, भाषा, गणित, कल्चर (बिज्ञान र सामाजिक) बिषयवस्तुको अध्यापन गराइने बेबी व्लुम मन्टेश्वरी स्कुल तथा मन्टेश्वरी तालिम केन्द्रकी प्रिन्सिपल कल्पना पौडेलले बताउनुभयो । उहाँले कोहलपुर नगरपालिका वडा नं.४ किरण खोला नजिक सेवा दिँदै आएको बेबी व्लुम मन्टेश्वरी स्कुल तथा मन्टेश्वरी तालिम केन्द्रले उच्च स्तरको सेवा दिँदै आएकाले अभिभावकले मन्टेश्वरी सम्बन्धी कुनैपनी कुरा वा बिषयवस्तु बुझ्नु परेमा ९८५८०४८७०२ र ०८१-४१०१६९ नम्बरमा संपर्क गरेर जानकारी लिन सकिने बताउनुभयो ।