गुलरिया । बर्दियाको बाँसगढी नगरपालिका वडा नं ४ बेलटारी समुदायिक बनको पिक्निक स्पोटमा नगर स्तरीय किसान भेला सम्पन्न भएको छ ।
सोही भेलाले नगर स्तरीय कृषि सन्जालको अध्यक्षमा दिपक अधिकारी सहित २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सियाराम थारु, कोषाध्यक्षमा लक्ष्मि वली, सचिवमा चित्र बहादुर खत्री र सहसचिवमा निर्मला बिष्ट लगायत १६ जना सदस्यमा चयन भएका छन् ।
उक्त भेलामा प्रमुख अतिथि बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्का रहनुभएको थियो । उहाँले किसान भेलालाई सम्बोधन गर्दै भन्नुभयो, "कृषि क्षेत्रमा थुप्नै खाले समस्याहरु रहेका छन् । त्यो मलाई पनि थाहा छ, र म त्यही ठाउँको पिडाहरुलाई बोकेर आज यो ठाउँमा आएको हुँ । किसानका समस्या समाधान गर्दै अगाडि बढ्ने मेरो प्रतिबद्धता छ ।"
बाँसगढी नगरपालिकाले अहिले कृषकहरुको उत्पादनमा बृद्धि गरी, बजारीकरणमा जोड दिनुका साथै बैदेशिक रोजगारीमा जानेलाई कृषि पेसामा लाग्न प्रेरणा समेत दिने गरेको छ ।
जेष्ठ नागरिक हुमनाथ (शर्मा) पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथिका रूपमा बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा कुमारी चौधरी हुनुहुन्थ्यो भने अतिथिहरुमा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्यहरु गोविन्द बराल, सुश्मा चौधरी, देवि माया बस्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा पालन गर्ने किसानहरुको सहभागिता रहेको थियो ।