देउखुरी उद्योग वाणिज्य संघद्वारा उपभोग्य वस्तुको दररेटमा एकरुपता ल्याउने निर्णय
दाङ । व्यवसायीहरुको साझा संस्था देउखुरी उद्योग वाणिज्य संघले दैनिक उपभोग्य वस्तुको दररेटमा एकरुपता ल्याउने निर्णय गरेको छ । संघको भवन लमहीको रातोडाडामा आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसका कारण जिल्लामा जारी लकडाउनमा उपभोक्ताहरु मारमा नपरुन भनेर संघले यस्तो निर्णय गरेको संघका अध्यक्ष खगेश्वर खनालले बताउनुभयो ।
संघले असोज मसान्त सम्म व्यवसाय दर्ता गर्दा एक हजार र नविकरण गर्दा ५ सय शुल्क लिने भएको छ । उपाध्यक्ष पोख्रेलका अनुसार लकडाउनका बेला सबै उधोग, कलकारखाना, व्यवसाय ठप्प भएकोले व्यापारीलाई आर्थिक संकट नपरोस भनेर दर्ता र नविकरण शुल्कमा केहि छुट गरिएको हो ।
त्यसैगरी स्थानिय र व्यवसायीलाई लक्षित गरेर एन्टिजेन परिक्षण गर्ने, लमहीमा सवारी साधन तोडफोड गर्ने दुई जना युवालाई चौबिस घण्टा नबित्दै पक्रन सफल भएको भन्दै संघले वडा प्रहरी कार्यालय लमहीलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
त्यस्तै लमही नगरपालिकाले महाविपत्ती आई परेको खण्डमा (डुबान, बाढी पहिरो) मा परेका मानिसलाई तत्काल राहत व्यवस्थापनमा देउखुरी उधोग वाणिज्य संघलाई समन्वयकारी भूमिका खेल्न गरेको आग्रहलाई स्विकार गरेको छ ।
त्यस्तै संघले आजै तुल्सिपत्र राष्ट्रिय दैनिकका देउखुरी संवाददाता पत्रकार प्रिया स्मृती गजमेरलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको छ।