बर्दिया । जिल्लाको मधुवन नगरपालिका वडा नम्बर - ३ स्थित भग्रैया गाउँमा हात्ती आएपछि स्थानीय त्रसित अवस्थामा रहेका छन । हात्ती गाउँ पसेपछि स्थानीय डरमा रहेका छन ।
आइतबार राति करिब २ बजेतिर हात्तीले भग्रैयाका मान बहादुर बिकको घर भत्काइदिएको छ भने घरभित्र रहेको अन्नबाली नष्ट गरिदिएको छ ।
सशस्त्र प्रहरी बल बिओपी भग्रैयाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बम बहादुर कुवँरका अनुसार हात्ती भगाउन प्रयोग गरिने पटकाहरू पट्काएपछि हात्ती गाउँबाट जंगल पसेको थियो ।
स्थानीयको जिउधनको सुरक्षा गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली रातभर गाउँमै सुरक्षा दिएर बसेको थियो ।
आइतबार, चैत १२ गते राती १२ बजे तिर हात्ती गाउँ पसेको सशस्त्र प्रहरी धनौराका असइ (सप्रसनि) मगरु चौधरीले जानकारी दिनुभयो ।
हात्ती गाउँ पसेपछि स्थानीय रातभर त्रसित हुँदै जागाराम बसेका थिए ।
यस अघि चैत -६ गते मधुवन नगरपालिका वडा नम्बर -५ मा बाघको आक्रमणबाट दुई जना महिलाको निधन भएको थियो ।
मधुवन नगरपालिका वडा नम्बर -५ मा रहेको चिरौटे सामुदायिक वनमा दाउरा खोज्न गएकोबेला दिउँसो १:३० बजे बाघले आक्रमण गर्दा सोही वडा निवासी ५० वर्षीया धनसरी गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको निधन भएको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी (सहायक वन अधिकृत) दोर्णराज शर्माले जानकारी दिनुभयो ।
त्यस्तै मधुवन नगरपालिका वडा नम्बर -३ मा रहेको गौरी सामुदायिक वनमा पनि घाइते बाघ देखिएको छ । गाला र खुट्टामा चोट देखिएको भाले बागसँगै पोथी बाघपनि देखिएकाले सतर्कता अपनाउन शर्माले अपिल गर्नुभयो ।