दाङका दुई अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सर्जिकल बेड सहयोग
दाङ । देउखुरीमा रहेका २ वटा अस्पताललाई क्यानडामा बस्दै आएका नेपालीहरुले अक्सिजन कन्सन्ट्रेटर र सर्जिकल बेड सहयोग गर्नुभएको छ ।
गो- फन्ड कार्यक्रम मार्फत लमही नगरपालिका वडा नम्बर ५ निवासी क्यानडा नेपाली जनसम्पर्क समितिका पुर्व महामन्त्री निरन्जन थापा, सन्जिब शर्मा, सिबु भट्टराई, मनिला चौतारी क्यानडा , दिपेन्द्र चौधरी, भाबेश जिसि लगाएतले देश बिदेशमा रहेका साथीहरु मार्फत आर्थिक संकलन गरि २ लाख ६० हजार बराबरको सामाग्री सहयोग गर्नुभएको हो ।
लमही नगरपालिका प्रमुख कुल बहादुर केसी, उप-प्रमुख देबका बेल्बासे र लमही अस्पतालका मे.सु रन्जिता महतोलाई लमही अस्पतालकालागी अक्सिजन कन्सन्ट्रेटर २ थान, सर्जिकल बेड २ थान हस्तान्तरण गरिएको छ । त्यस्तै सिसहनिया स्वास्थ्य चौकिका लागि १ थान अक्सिजन कन्सन्ट्रेटर राप्ती गाउपालिका वडा नम्बर ५ का अध्यक्ष गोबर्धन रावत र डा.रेगन सिंह थापालाई पुर्व महामन्त्री थापाका बुवा नरेन्द्र बहादुर थापा, आमा पार्बती देबि थापा, युबा व्यवसायी तथा नेपाल तरुण दल राप्ती गाउपालिकाका अध्यक्ष आशिष पौडेलले हस्तान्तरण गर्नुभएको छ ।
टेलिफोनमा कुराकानी गर्दै "आफूहरुको सानो सहयोगले आफ्नो ठाउलाई कोभिड ब्यबस्थापनमा केही सहयोग पुग्ला भनेर सहयोग गरेको हौ" क्यानडामा बस्दै आएका जनसम्पर्क समितिका पुर्व महामन्त्री थापाले बताउनुभयो ।
देउखुरीका अस्पतालमा कोरोना संक्रमितको उपचारमा स्वास्थ्य सामाग्रीको अभाव, भुइमै राखेर उपचार गरेको अवस्था देखेर आफुले पहल गरेको र केही रकम थपी ती स्वास्थ्य सामाग्रीको चाजोपाजो मिलाएको तरुण दल राप्ती गाउपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो ।