बर्दिया । के तँपाइलाई थाहा छ ? मालपोत कार्यालयका कर्मचारीहरूले जनतासँग असुलेर अकुत माल कमाएका छन । 'माल' सब्दलाई अन्यथा नलिनुहोला । माल भन्नाले जनताबाट विभिन्न तौरतरिकाले असुलिने रकम हो । यस्तो मालदारहरू अहिले मालपोतमा भेटिन्छन ।
सुन्नुस न हजुर जनताहरू ! २ घण्टामा निमिट्यान्न हुने काम एक हफ्ता लाग्छ भनेर खुलेआम आम सेवाग्राही जनतालाई कर्मचारी बिचौलियाले भनेपछि बाध्यतावस जनताले घुस दिनुपर्ने अवस्था छ । बर्दिया मालपोत त एउटा नमुना उदाहरण मात्र हो यस्ता निकृष्ट र तुच्छ हर्कत प्रत्यक मालपोत कार्यालयमा हुन्छन ।
हामी मालपोत कार्यालयमा पत्रकारिताको सर्वमान्य सिद्धान्तलाई पालना गर्दै आवाज बिहिनको आवाज बन्दै मालपोत कार्यालय बर्दिया छिरेका थियौँ । त्यहाँका प्रमुख बाल कृष्ण रानासँग भेट भयो । उहाँले निर्धक्क भन्नुभयो, "कुनै समस्या भए मलाई तुरुन्त फोन गर्नुस समाधान हुन्छ समस्याको ।"
टोकन सिस्टम किन नराखेको भन्दा उहाँले टोकन सिस्टमले झन समस्या पारेको उद्घोषण गर्नुभयो ।
मालपोत कर्मचारी जो दसकौँ देखि मालपोतमा बसेर रजगज गरेका छन, आफ्नै हाकिमलाई समेत टेर्दैनन । ती कर्मचारीहरूलाई हाम्रो प्रश्न, "के तँपाइका ८०-९० वर्षका बुढा बा-आमा, तँपाइका चेलीबेटी छोराछोरी २ घण्टामा काम हुने कार्यमा एक हफ्ता लाग्न गएमा तँपाईका कन्सरी तात्तेलान कि नाई ?" तपाईं आफै भ्र!आचारलाई संरक्षण गर्नुहुँदै छ किनकि भ्रष्टहरुले जनतालाई दुख दिनुभनेको आफैमा गम्भीर कुकृत्य हो, त्यस्तालाई नरोक्नु पनि अपराध नै हो । तपाईं केही कर्मचारी १ वर्ष बसेर जानुहुन्छ तर त्यो अवधिमा केही त गर्नुस । अनुगमन गर्नुस नियमन गर्नुस ।
सबै त नाई तर केही मालपोतका कर्मचारीहरू हाकाहाकी पैसा मागेर खान्छन भनेर केही सेवाग्राहीले गुनासो गरेको अवस्था छ । हावा नचलेर पात त हल्लिन्न, होइन र ?
मालपोतमा जनताले नजराना दिनै पर्यो किनभने नदिए राजापुरबाट आएको ब्यक्तिको २ घण्टामा हुने काम ७ दिन लाग्छ; त्यसैले त काम छिटो हुन्छ भने पैसै दिएर भएपनि काम गराउँछन । कति गरिब जनताको घरमा चुल्हो बाल्न धौधौ छ । ऋण सापटी गरेर जग्गाको काम गराउन आउँछन, र ढोका ढोकामा अपमानित हुन्छन ।
त्यस्ता घुसखोर कमिसन खानेलाई किन कार्बाही हुँदैन । जनताले सँधै जिहजुर राजासाब भनेर प्रशासकलाई पुज्नुपर्ने हो ?
मालपोत बर्दिया प्रमुखले नम्बर यो छ समस्या परे फोन गर्नुस भनेर पत्रकारलाई भन्नुभयो । अत्यन्तै सान्दर्भिक कुरा हो । यसकोलागी हामी धन्यवाद दिन्छौँ ।
कर्मचारीलाई लागेको होला एक वर्ष बर्दिया बस्छु जान्छु । अनि अधिकृत, उपसचिव, सहसचिव, सचिव हुन्छु रिटायर हुन्छु अनि रिटायर लाइफ बिताउँछु । तर तपाईंहरू पापको भारी मात्र नभएर जनताको श्राप पनि लिएर जाँदै हुनुहुन्छ। टोकन सिस्टम लागू गर्दा झनै समस्या हुन्छ भन्ने कुरा आयो । दलाल र भ्रष्टाचारीको पैसामा मोज गर्ने कर्मचारीले टोकन सिस्टम लागू गर्न दिन चाहन्न । किनकी टोकन सिस्टम हुनेबित्तिकै बिचौलिया र केही कर्मचारीको उठिबास लाग्छ । बिचौलियालाई पैसा दिएमा उत्तिखेरै काम हुन्छ नत्र....
हामीलाई थाहा छ टोकन सिस्टम नहुँदा सेवाग्राही जनताले अचाक्ली दुख पाएका छन । मालपोतका कर्मचारीका बिभिन्न बहानाले २ दिनमा हुने काम १५-२० दिन लाग्ने गर्छ । तर दलाल मार्फत गएमा त्यो काम तुरुन्तै हुन्छ । यो सबैलाई थाहा भएको तर भन्न नसकिएको 'ओपन सेक्रेट' हो ।
यस्ता कर्मचारीको अख्तियार र सम्पत्ति शुद्धिकरणले अनुसन्धान गर्नुपर्छ । तपाईं कर्मचारीहरू एक वर्ष बसेर जानुहुन्छ तर हाम्रो अनुरोध के छ भने ५ औँला बराबर नभए जस्तै सबैलाई एउटै तराजुमा राख्नुहुन्न । तपाईं केही कर्मचारी प्रशाशक ईमान्दार हुनुहुन्छ हामीलाई थाहा छ । हामीलाई यो पनि थाहा छ दलाल र बिचौलियाको नेक्सस माथी सम्मै छ । तँपाइले यो नेक्ससलाई भत्काउनुपर्छ । गाउँगाउँबाट आएकाहरूको छिटोभन्दा छिटो काम काम गरिदिएर उदाहरण पेश गर्नुपर्छ ।
मालपोत बर्दियामा ईमान्दार कर्तव्यबोध भएका निजामती कर्मचारी पनि छन तर केहि कर्मचारीको भ्रष्ट आचारले बर्दियावासी पिडित छ्न ।
अन्त्यमा हामी आजैबाट जनताको सेवामा लागौँ । हजार पाइलाको सुरुवात एक पाइलाबाट हुन्छ । त्यो पाइला बर्दिया मालपोतमा चाल्न जरुरी छ ।