सन्दिप नाथ योगी, बर्दिया (गुलरिया) । नाबालिकालाई बलात्कार (जबरजस्ती करणी) गर्ने ४० वर्षीय प्रकाश खवासलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
मिति २०८०।०७।२८ गते राती १० बजेको समयमा जिल्ला बर्दिया गेरुवा गाउँपालिका वडा नं. -०६ बस्ने वर्ष ४० को प्रकाश खवासले आफ्नै गोठमा नाबालिका लाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक तुल्सी राम अर्यालले जानकारी दिनुभयो ।
प्रवक्ता डिएसपी अर्यालले दिएको जानकारी अनुसार मिति २०८०।०८।०४ गते प्रहरीलाई घटनाको जानकारी गराइएको थियो । जानकारी प्राप्त भए लगत्तै तत्काल प्रहरी टोली परिचालित भई निज प्रतिवादीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दियो ।
जबर्जस्ती करणी गर्नेलाई कस्तो सजायँको व्यवस्था गरिएको छ ?
१० वर्षभन्दा कम उमेरका बालिकालाई जबर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजायँ हुन्छ ।
१० वर्ष वा सोभन्दा माथि तर १४ बर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई ८ वर्षदेखि १२ वर्षसम्म कैद सजायँ हुन्छ ।
१४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ६ बर्षदेखि १० बर्षसम्म कैद सजायँ हुन्छ ।
१६ बर्षभन्दा बढी र २० बर्षभन्दा कम उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ५ बर्षदेखि ८ बर्षसम्म कैद सजायँ हन्छ ।
२० बर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्नेमान्छेलाई ५ बर्षदेखि ७ बर्षसम्म कैद सजाय हुन्छ ।
कसैले कुनै नाबालकसँग अप्राकृतिक यौन मैथुन गरेमा जवर्जस्ती करणी गरे सरह मानेर जवर्जस्ती करणीमा उमेर अनुसार हुने सजायँमा थप १ वर्ष सजायँ हुन्छ यसका साथै यस्तो अपराधबाट पीडित नाबालकको उमेर र परेको मर्कालाई विचार गरी अदालतले अपराधीबाट क्षतिपूर्ति भराई दिन्छ ।