तस्बिर ; डिआइजी बाँस्तोला
काठमाडौं । आइजीपी बसन्तबहादुर कुवँरले दिएको निर्देश नटेर्ने प्रहरी प्रधान कार्यालयले वर्षौँदेखि काजमा बसेर घुमुवाको रुपमा संलग्न प्रहरी कर्मचारीलाई २४ घण्टे पूर्जी काटेपनि कोशी प्रदेश कार्यालयका डिआइजीले लत्याएका छन् ।
आइजीपी बसन्तबहादुर कुवँरको विशेष चासोमा जारी भएको सो परिपत्रका विपरीत कोशी प्रदेशका डीआईजी राजेशनाथ बाँस्तोलाले सो परिपत्रलाई लत्याएका हुुन् ।
मंसिर ५ गते ६० जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरुको प्रदेश मातहत चलाखीपूर्वक सरुवा गरेर काजमा बस्नेहरूको दरबन्दी मिलान गरेर आइजीपीलाई चुनौती दिएका हुुन् ।
जसमा अधिकांश उनी र जिल्ला एसपीका घुमुवाका रुपमा कार्यरत छन् । यसलाई लिएर प्रहरीभित्र आइजीपीको निर्देशन डिआइजीले उल्लंघन गरेको चर्चा चलेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय दरबन्दी भई मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका घुमुवाका रुपमा कार्यरत वरिष्ठ सई राजेन्द्र कटवालको उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई न्यायाधीश सुरक्षा गार्डको रुपमा सरुवा गरिएको छ ।
उनले मोरङका सीमा प्रहरी कार्यालय तथा मातहतबाट तस्करहरूसँगको सेटिङमा व्यापक लुट मच्चाएको आरोप छ । त्यस्तै अर्का वरिष्ठ सई श्याम सुवेदीको प्रदेश कार्यालयबाट मोरङ जिल्लामा सरुवा गरिएको छ ।
केही वर्षअघि घुमुवाकै रुपमा कार्यरत सुवेदीले प्रदेशको उजुरी शाखामा बसेर जिल्ला, इप्रका तथा सीमा चौकीका घुमुवासँग सेटिङ मिलाउदै आएको स्रोतको दाबी छ । डिआईजी बाँस्तोलाका विश्वासप्राप्त सुवेदीले प्रदेशको घुमुवाको रुपमा पनि काम गर्दै आएको बताइन्छ । दीपककुमार यादवको मोरङ जिल्लाबाट कोशी प्रदेश प्रहरी गण मोरङमै सरुवा भएको छ ।
चन्द्रशेखर शिवाकोटीको मोरङ जिल्लाबाट तालिम केन्द्र मोरङ, मुन्ना डाँगीको मोरङ गणबाट सुनसरी, राजेन्द्र पासवान, असई भक्त विष्ट पनि सुगमबाट सधैं सुगम मै सरुवा गरिएको छ । असई विष्ट हबल्दारदेखि नै झापा, मोरङ र सुनसरीका जिल्लाहरूमा घुमुवा रुपमा काम गरिसकेका छन् ।